स्वीइन्डन कप भव्यताका साथ सम्पन्न, बीबीसी बन्यो विजेता

SHARE:

लन्डन ९ जुलाई २०२३ । नेपाली एसोसिएसन विल्सायरद्वारा आयोजित स्वीइन्डन कप यही जुलाई ८ तारिख शनिबार भव्यताका साथ सम्पन्न भएको छ । ्
सेक्रेटरी अफ स्टेट फर वेल्स तथा पूर्वसेक्रेटरी अफ स्टेट फर जस्टिस मन्त्री सर रोबर्ट बक्ल्यान्डको प्रमुख आतिथ्यमा सम्पन्न स्वीइन्डनस्थित न्यु कलेजको खेल मैदानमा भएको उक्त खेलमा बेलायतको विभिन्न सहरबाट १३ वटा समूहले भाग लिएका थिए । लिग सिस्टमद्वारा खेलिएको खेलमा विभिन्न देशका अनुभवी रेफ्रीहरुको साथै खेलाडीहरुको दुर्घटनाबाट हुन सक्ने चोटपटकको उपचारको लागि अनुभवी तथा पेसारत चिकित्सकहरुको पनि व्यवस्था गरिएको थियो । विभिन्न कम्पनी, संघसंस्था तथा विभिन्न व्यक्तिहरुले उक्त नेपाली पु्mटबल कपको लागि प्रायोजन गरेका थिए भने कुनैले भौतिक सहयोग पनि गरेको थियो ।
खेल मैदानमा विभिन्न संघ संस्थाहरु, कम्पनीलगायत विभिन्न परिकारका खानेकुराहरुको स्टल पनि रखिएको थियो । खेलको फाइनलमा बिवाईएनसी र बीबीसीबीच प्रतिस्पर्धा भएको थियो । १५, १५ मिनेट गरी जम्मा ३० मिनेट खेलिएको उक्त खेलमा बीबीसीले बिवाईएनसी टिमलाई २ शून्य गोलअन्तरले हराउँदै प्रथम स्थान हासिल गरेका थियो ।

फस्ट रनर अप तथा दोस्रो हुने समूूहलाई हजार पाउण्ड नगद र मेडल प्रदान गरिएको थियो भने विजेता समूूहलाई १ हजार ६ सय पाउन्ड नगद तथा मेडलसहित ट्रफी प्रदान गरिएको थियो । मेडल, नगद र ट्रफी प्रदान गर्नेहरुमा नेपाली एसोसिएसन विल्सायरका संस्थापक अध्यक्ष शान्त पुन, नेपाली एसोसिएसन विल्सायरका पूर्वअध्यक्ष राजन क्षेत्री, पेरिस काउन्सिलर साउथ तथा नर्थ स्वीइन्डनका बाजिल सोलोमन, तमुधिं यूूकेका पूर्वअध्यक्ष तथा २०२३ ( २०२५ का लागि एनआरएनए यूूकेका अध्यक्ष प्रत्यासी हित काजी गुरुङ रहेका थिए ।

्कार्यक्रम नेपाली एसोसिएसन विल्सायरका सचिव जेनिशा थापाले संचालन गरेकी थिइन् । कार्यक्रमको अन्तमा नेपाली एसोसिएसन विल्सायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङले सबैला२ धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!