एजेन्सी २९ जुलाई २०२३ ।

भारतको तमिलनाडु स्थित एक पटका उद्योगमा विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ ।
कृष्णगिरि जिल्लाको एउटा पटका उद्योगमा भएको विस्फोटमा परि आठ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । घटना लगतै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले घटना प्रति दुख ब्यक्र गर्दै क्षतिपूर्तीको घोषणा गरेका छन् ।
उक्त घटनामा परी कयौं ब्यक्ति घाइते भएको हुन सक्ने बताइएको छ । विस्फोटमा परी उद्योग आसपासका केही घर तथा पसलमा पनि क्षती भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।






