आदिवासी जनजाति महासंघले ९ अगष्टमा विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने

SHARE:

काठमाडौं २९ जुलाई २०२३ ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले साउन २४ (९ अगष्टमा )२९औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने भएको छ ।

हरेक वर्ष विश्वव्यापी रुपमा मनाइदै आएको यो दिवस यस वर्ष पनि नेफिनले विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ । महासंघले साताव्यापीरुपमा विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ । जसअन्तर्गत महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । त्यस्तै महासंघले विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।

जसअन्तर्गत नेफिनका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उपसमिति, उपाध्यक्ष लाकुपा ढोक्प्या शेर्पाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, उपमहासचिव रामकृष्ण ब्लोन तामाङको संयोजकत्वमा झाँकी र्‍याली व्यवस्थापन उपसमिति र स्वयंसेवक उपसमिति, सचिव गोविन्द लामा ह्यल्मोको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कोषाध्यक्ष विमल सारु मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

विश्व आदिवासी दिवसका सन्दर्भमा महासंघले पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं । परम्परागत ज्ञान, सीपको प्रवर्द्धन गर्दै पुर्ख्यौंली भूमी, भाषा र संस्कृतीको संरक्षण गरौुं, भन्ने मूल नारा समेत तय गरेको नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । यो दिवसलाई कोशी प्रदेश नामांकरणको सन्दर्भमा भइरहेको आन्दोलनलाई सहयोग पुग्नेगरी शक्ति प्रदर्शनका हिसाबले पनि यो दिवस भव्य बनाइने नेफिनका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले जानकारी दिए ।

नेफिनले साउन २४ गते काठमाडौंको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा २९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ । औपचारिक कार्यक्रमअघि सोही दिन भृकुटीमण्डपबाट नेफिनमा आवद्ध सबै जातीय संघसंस्थाहरू आ-आफ्नो जातीय भेषभूषा, संस्कार, संस्कृतीसहितको झाँकी र्‍याली गरिने नेफिनका महासचिव दिवश राईले जानकारी दिए ।

समारोहस्थलमा जातीय भेषभूषा तथा फूड फेस्टिभल पनि आयोजना गरिने उनले बताए । मूल समारोहका निम्ती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गर्ने महासंघले बताएको छ । उक्त समारोहमा शिक्षामन्त्री अशोक राई, शहरी विकासमन्त्री सीता गुरुङ, संस्कृती, पर्यटन तथा पर्यटनमन्त्री किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको समेत उपस्थिती रहने बताइएको छ ।

यसैबीच विश्व आदिवासी दिवस साताव्यापी रुपमा मनाउने तयारी अन्तर्गत नेफिनले आवद्ध जातीय संघसंस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त छलफलले महासंघमा आवद्ध सबै संघसंस्थाहरूले विविध कार्यक्रमको आयोजना गर्ने निष्कर्ष समेत निकालेको छ । त्यस अवसरमा बोल्ने संघसंस्थाका प्रतिनिधिहरूले कोशी प्रदेशमा चलिरहेको आन्दोलनलाई पनि बल पुग्नेगरी दिवसका कार्यक्रमहरू सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले बागमती प्रदेशमा पनि आन्दोलन उठाउने कोशीस भइरहेको बताएका थिए ।

कार्यक्रममा तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, नेपाल छन्त्याल संघका अध्यक्ष मोहन छन्त्याल, किरात राई यायोख्खाका अध्यक्ष जीवन हताचो राई, कुमाल समाज नेपालको महासचिव गणेश कुमाल, तमू ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष धनमान गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शोभा सुनुवारलगायतले आदिवासी जनजातिका प्रथाजनित मान्यतामाथि पटक(पटक धावा बोल्ने काम भइरहेको भन्दै यस्ता इश्युहरू आउँदा आदिवासी जनजातिको सवालमा काम गर्ने संघसंस्थाहरूबीच समन्वय र एकता हुनुपर्ने बताएका थिए ।

उनीहरूले आदिवासी सम्वद्ध संघसंस्थाहरूले कार्यक्रम सञ्चालन गर्दा अबका दिनका नयाँपन दिनुपर्ने समेत बताए । उनीहरूले आदिवासी जनजाति आन्दोलनको विषयमा बोल्ने विज्ञहरूको समेत सहभागीता गराउनुपर्ने बताएका थिए । विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!