पाकिस्तानमा राजनीतिक सभास्थलमा बम विष्फोट, ३५ जनाको मृत्यु, २०० घाइते

SHARE:

एजेन्सी ३० जुलाई २०२३ ।

पाकिस्तानको कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम-फजलका कार्यकर्ताहरूको र्‍यालीमा शक्तिशाली बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । २ सय जना घाइते भएका छन् ।

अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टी गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् ।

साथै गम्भीर घाइतेहरूलाई पेशावर र अन्य अस्पतालमा लगिएको पनि उनले बताए । गम्भीर घाइतेहरूलाई हामी हेलीकोप्टरबाट पेशावर र अन्य अस्पतालमा लैजाँदैछौं, जमालले बताए । तत्काल हाम्रो प्राथमिकता भनेको घाइतेहरूलाई उपचार गराउनु हो । घटनास्थललाई अहिले सिल गरिएको छ । पाकिस्तान सेना र अन्य सुरक्षाकर्मीहरूले अहिले उद्धारमा सघाइरहेका छन्, जमालले भनेका छन् । बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लाम-फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ ।

बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएका १ सय ५० जनालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् । गम्भीर घाइतेहरूलाई हेलीकोप्टरमार्फत् पेशावरस्थित लेडी रिडिङ हस्पिटलमा लगिएको छ ।

पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार विस्फोटको क्रममा घटनास्थलमा रहेका एक स्थानीय पत्रकार पनि घाइते भएका छन् । साथै विस्फोटको समयमा जमियत उलेमा इस्लाम(फजलको कार्यक्रममा ५ सयभन्दा धेरै मानिस भेला भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!