अमेरिका फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरियो

SHARE:

एजेन्सी ६ अगष्ट २०२३ ।

साविक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । चार पटकको विश्वकप विजेता अमेरिका पहिलो पटक क्वार्टरफाइनलमा पुग्नबाट रोकिएको हो ।

अस्ट्रेलियाको मेलबोर्न रेक्टाङ्गुलर स्टेडियममा आज भएको अन्तिम १६ को प्रतिस्पर्धात्मक खेलमा अमेरिकालाई पेनाल्टीमा ५(४ ले पराजित गर्दै स्वीडेन अन्तिम ८ मा प्रवेश गरेको हो । स्वीडेन र अमेरिकाबीचको खेलको निर्धारित समयमा दुवै पक्षबाट कुनै गोल हुन सकेन । खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि कुनै टिमबाट गोल नभएपछि खेल पेनाल्टीमा पुगेको हो ।

स्वीडेनका लागि फ्रिडोलिना रोलफो, एलिन रुबेनसन, हँना बेनिसन र लिना हर्टिगले गोल गर्न सफल भए । अमेरिकाका लागि एंडी सुलिवन, लिंडसे होरन, क्रिस्टी मेविस, अलिसा नेहर गोल गर्न सफल भए । पराजयले विश्व मञ्चमा अमेरिकी टोलीको वर्चस्व समाप्त पारेको छ ।

अमेरिका लगातार तेस्रो पटक महिला विश्वकप जित्न असफल भयो । फिफा महिला विश्वकप फुटबलको इतिहासमा अमेरिकी टोलीले यो पहिलो पटक तेस्रो स्थानभन्दा तल आएका हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!