​नेपालमा मगर र तामाङ आन्दोलनका घाइतेलाई पोर्चुगलबाट १ लाख सहयोग

SHARE:


काठमाडौं ८ अगस्ट २०२३ । तामाङ, मगरलगायत समुदायको सांस्कृतिक प्रचलनविरुद्ध अभिव्यक्ति दिने अधिवक्तालाई कारबाही माग गर्ने आन्दोलनका क्रममा घाइते भएकाहरुलाई उपचारका लागि पोर्चुगल नेपाली समाजबाट १ लाख ५ सय सहयोग उपलब्ध गराइएको छ । 

पोर्चुगल नेपाली समाजका अध्यक्ष कुमार योन्जन तामाङले घाइतेहरूको उपचारका लागि उक्त सहयोग रकम पठाएको जनता समाजवादी पार्टीका नेता एवं आदिवासी जनजाति अगुवा आङकाजी शेर्पाले जानकारी दिए । सहयोग रकम मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच घाइतेहरुको अवस्था हेरी जनही १० र ५ गरी वितरण गरिएको छ । 

सहयोग नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले मगर समुदायका घाइतेलाई र नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले तामाङ समुदायका घाइतेहरुलाई हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा घेदुङका सहअध्यक्ष कुमारसिंह घिसिङ, उपमहासचिव जगतमान लामा दोङ, मगर संघका महासचिव टेक मगरलगायतको उपस्थिति थियो । 

घेदुङ अध्यक्ष गोलेले यस्तो विपत्तिको बेला सहयोग गर्ने कुमार योञ्जन तामाङलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आन्दोलन जारी रहने भएकोले सहयोग, सद्भाव र निरन्तरता रहोस् भन्ने अपेक्षा व्यक्त गरे । यस्तै मगर संघका अध्यक्ष पुनले पहिचान रक्षार्थ भएको आन्दोलन घाइते भएकाहरुलाई सहयोग गरेर कुमार योञ्जनले आफूहरुलाई हौसला प्रदान गरेको उल्लेख गर्दै धन्यवाद दिए । उनले सहयोगको समन्वय गरिदिने नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई पनि आभार व्यक्त गरे ।

सहयोग प्राप्त आन्दोलनका घाइतेहरुले सहयोगकर्तालाई धन्यवाद दिएका थिए भने माग पूरा गर्न सरकारसँग माग गरे ।  

सहयोग प्राप्त गर्नेहरुमा 
१. दिलमाया तामाङ १० हजार, 
२. किर्ती गोले १० हजार 
३. मन्जु थापा मगर  १० हजार 
४. शान्ति घर्ती मगर  १० हजार 
५. मन्दिरा आले १० हजार 
६. विवेक लामा  १० हजार 
७. सुशिला स्याङबो  १० हजार 
८. राधिका आले ५ हजार 
९. चन्द्रबहादुर थापा ५ हजार
१०. तृष्णआले ५ हजार 
१२. अमृत लामा ५ हजार 
१२. निर्मला थिङ ५ हजार 
१३. घेदुङ जिम्मा ५ हजार ५ सय

तामाङ-मगर समुदायमा दाजुभाइ दिदीबहिनीबीच विवाह हुन्छ र त्यस्तो विवाहपछिको सन्तान आपराधिक मानसिकताको हुने जस्तो गलत र अपमानजनक अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न आनाकानी गरेपछि यही साउन १७ गते प्रहरी परिसर टेकु काठमाडौंमा तामाङ र मगर समुदायले आन्दोलन गरेका थिए । सोहीक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको र नियन्त्रणमा लिएका प्रदर्शनकारीलाई हिरासतमा चरम यातना दिएको थियो । अभियुक्त पाण्डेलाई नियन्त्रणमा लिएर सामान्य बयानपछि छाडिएको र हिरासतमा यातना दिलाउने टेकु प्रहरीका एसएसपी दानबहादुर कार्कीलाई कारबाही माग गर्दै सोमबार पुन: काठमाडौंसहित देशभर प्रदर्शन गरिएको थियो । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!