आदिवासी जनजाति पत्रकार महासंघद्वारा पुरस्कार दिने व्यक्ति तथा संस्थाको नाम घोषणा

SHARE:

काठमाडौं १० अगस्ट २०२३ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’, ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित तथा पुरस्कृत व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको छ ।

फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ बाट सरोकार टेलिभिजनका दिलीप थापा मगर (काठमाडौं) र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मानित हुने भएका छन् ।

त्यसै गरी, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व. किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली)लाई पुरस्कृत गर्ने निर्णय भएको महासचिव लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फोनिजले विवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोगत्वमा सल्लाहकार द्वय आङदावा शेर्पा र मनोज घर्तीमगर सरदस्य रहेको ‘सम्मान तथा पुरस्कार छनोट समिति’ गठन गरेको थियो । समितिको सिफारिसमा फोनिजले एक मातृभाषा संचार संस्था र पाँच जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको छ ।

फोनिजका अनुसार २७ साउन २०८० मा प्रदेश १ को विराटनगरमा आयोजित २४औँ स्थापना दिवस मूल समारोहमार्फत सम्मान तथा पुरस्कार वितरण गरिनेछ ।

फोनिजले स्थापना दिवसको अवसर पारेर २८ साउनमा विराटनगरमै कोशी प्रदेश नामकरणविरुद्ध भइरहेको आन्दोलन र त्यसको निकासबारे ‘पहिचान आन्दोलनः अबको बाटो’ विषय अन्तरक्रिया आयोजना गर्न लागेको छ ।

अन्तरक्रियामा राजनीतिक विश्लेषक प्रा.डा. महेन्द्र लावती, राजनीतिक विश्लेषक डम्बर खतिवडा, लेखक/विश्लेषक खगेन्द्र संग्रौला र लेखक/विश्लेषक भवानी बराल वक्ताको रुपमा सहभागी हुँदै छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!