लण्डन ११ अगस्ट २०२३ ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायतले पछिल्लो समय नेपालका मुलवासी तामाङ र मगर लगायत अन्य आदिवासी समुदाय आन्दोलित भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कानुन व्यवसायी भगवती पाण्डे (शितल) ले प्राइम टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा तामाङ र मगर समुदायको आत्मसम्मान र सांस्कृतिक अभ्यासउपर दिएको अभिव्यक्तिका कारण समुदाय आन्दोलित भएको थियो । उजुरीका आधारमा निज पाण्डेलाई पक्राउ पुर्जी जारी गरिएपनि पक्राउ नगरी छुट दिँदा गत साउन १७ र २२ गते भएको शान्तिपुर्ण विरोध प्रदर्शनमा व्यापक प्रहरी हस्तक्षेप भई राज्य दमनमा उत्रेको प्रति नेफिन युके घोर भर्तसना गर्दछ । अध्यक्ष कमानसिंह (कर्मा पहाडी ) शेर्पाद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
साथै प्रदेश नं १ का आदिवासी जनजाति र उत्पििडित समुदायहरु ऐतिहाँसिक पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्ने भन्दै कोशी नाम खारेजी अभियानमा शशक्त ढंगले लागेका छन् । एकजना आन्दोलनकारी शहिद र अढाईसय बढी भएका छन् । प्रदेश नं एकको पुन: नामाकरणको आन्दोलनमा यस नेफिन युके र सम्पुर्ण बेलायतवासी आदिवासी जनजाति समुदायको ऐकेबद्धता छ बिज्ञप्तीमा भनिएको छ ।







