केन्ट, लन्डन । त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक तथा नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार बालकृष्ण माबोहाङसँग अन्तरक्रिया गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ युके र लिम्बुवान नागरिक समाज युकेसँगको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कियाचु युकेको महत्वपूर्ण योजनाअन्तर्गत मेडस्टोनस्थित खरिद गर्न लागेको जग्गा “चुम्लुङ देन’ अवलोकनपश्चात् कार्यक्रम भएको थियो । जनजाति महासंघका पूर्वमहासचिव समेत रहेका माबोहाङ जनजाति महासंघ बेलायतको अधिवेशनका लागि गत १७ तारिख यहाँ आएका हुन् ।

मेडस्टोनस्थित गोर्खा नेप्लिज् समाज घरमा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ वेस्ट केन्ट शाखाका सचिव ईन्द्र लिम्बूले सुरक्षाबारे जानकारी गराएपश्चात प्रारम्भ भएको थियो । कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष दिलसिंङ मेन्याङ्बाले गरेका थिए भने सञ्चालन लिम्बुवान नागरिक समाज युकेका महासचिब छत्र वनेमले गरेका थिए ।
कार्यक्रममा लिम्बुवान नागरिक समाजका अध्यक्ष नरेन्द्रकुमार माबोहाङ, संघीय समाजवादी फोरम युकेका सहअध्यक्ष लोकेन्द्र तबेबुङ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका सल्लाहकार विश्वासदीप तिगेला, ताप्लेजुङ समाज युकेका अध्यक्ष अमृता पालुङ्वा, संघीय समाजवादी फोरम प्रान्तीय शाखाका अध्यक्ष सुवर्ण इदिङ्गो, लिम्बुवान नागरिक समाज युकेका सल्लाहकार राजेन्द्र खिम्दिङ, श्री लिम्बू, डम्बर सिंगक, किरात याक्थुङ चुम्लुङ युकेका सल्लाहकार काजीमान याक्सो, चुम्लुङ युके थोरक शाखाका अध्यक्ष दलकुमार आङ्देम्बे, सेवारो कलाकार संघका अध्यक्ष दुर्गा पाङ्मा, माङ्गेन्न चुम्लुङ युकेका उपाध्यक्ष कल्पना आङ्बुहाङ, गोर्खा च्यानलका सम्वाददाता बिमला सेने, एभरेष्ट टाईम्सका सम्वाददाता नगेन्द्र नेम्वाङलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माबोहाङले लिम्बुवान लगायत पहिचानसहितको राज्य माग्नेहरुको अस्थिरका कारण सम्बन्धित समुदायको माग कमजोरी भएकोप्रति दुखेको पोखेका थिए । ‘यो पो माग्दा हुन्छ कि त्यो पो माग्दा हुन्छ कि भनेजस्तो अस्थिर रहनु अनि काम गर्न अघि बढेकालाई पनि इमानदारिका साथ सहयोग गर्नेहरुको कमीको कारण पनि अहिलेको ढुलमुले र कमजोर स्थिति बनेको हो’ उनले भने ।
लिम्बुवान पार्टीहरुको एकताको प्रसंगमा भने, नेताहरुको जमात भएपनि भित्रि आत्मदेखि मिलिएन भने एकताको अर्थ हुन्न, आन्दोलन वा माग सफल नहुनुका कारणको रुपमा एकता हुन नसक्नु प्रमुख कारण होइन । बरु बढी गर्ने र गर्न सक्नेलाई मौका दिनु नसक्नु र असहयोगी बन्नुचाँहि लिम्बुवान आन्दोलनको कमजोरीको प्रमुख कारण रहेको प्राध्यापक माबोहाङको धारणा थियो ।






