
२९ औं बिश्व आदिवासी दिवस बेलायतमा सम्पन्न
चिम्खोले काईला – बेलायत
१३ अगस्ट २०२३ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले २९ औं बिश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेर सम्पन्न गरेका छ । सो कार्यक्रम बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा सम्पन्न भएको छ।
देश बिदेशमा रहेका नेपाल आदिवासी जनजातिहरुले बिभिन्न नाराकासाथ २९ औं बिश्व आदिवासी जनजाति दिवस मनाउदै गर्दा नेफिन युकेले “पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौ” “परम्परागत ज्ञान, सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं” भन्ने मूल नाराकोसाथ बिश्व आदिवासी दिवस सम्पन्न गरेको छ।
स्मरण रहोस, सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
२९ औं बिश्व आदिवासी जनजाति दिवसको पहिलो चरणमा आपतकालीन सूचना, आसनग्रहण, दिप प्रज्वलन, नेपाल तथा बेलायतको राष्ट्रिय धुन र नेपाल आदिवासी जनजाति धुनबाट शुरु गरिएको थियो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायत, नेपाल आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघ बेलायत आयोजकको रुपमा रहेका थियो भने देश तथा विदेशबाट संचालित मिडियाहरुलगायत एभरेस्ट टाइम्स यूके पनि मिडिया पार्टनरको रुपमा भूमिका निभाएको थियो।
२९ औं बिश्व आदिवासी जनजाति दिवसको अवसर पारेर नेफिन युकेले बेलायतमा स्थापित जातीय संस्थाहरु, बिभिन्न राजनीतिक पार्टीहरु, संचार कर्मीहरु, नेपालबाट बेलायतमा आएका तथा स्थानीय कलाकारहरु, नेफिन युकेलाई अनबरतरुपमा सहयोग प्रदान गर्ने व्यक्तित्वहरु, बिभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुलगायत बिभिन्न क्षेत्रमा सफलता प्राप्त व्यक्तित्वहरुलाई खडा र प्रमाणपत्रले सम्मान गरेको छ।
२९ औं बिश्व आदिवासी जनजाति दिवसको अबसरमा नेफिन युकेद्वारा संचालित यस बर्षको “आदिवासी पुरुष” सत्यग्रहका अभियन्ता ज्ञानराज घोषित भएका छन भने “आदिवासी युवक” नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायतका संयोजक अमित थेवे (मिहाङ) घोषित भएका छन। त्यस्तै “आदिवासी महिला” नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतका अध्यक्ष गोमा राना घोषित भएका छन भने अर्का “आदिवासी महिला” मा लक्ष्मी जोलर्सका संचालिका लक्ष्मी राई घोषित भएका छन। उक्त व्यक्तित्वहरुलाई नेफिन युकेले खडा र ताम्रपत्रद्वारा सम्मान गरेको छ।
बिश्व आदिवासी जनजाति दिवसमा नेफिन युकेका निबर्तमान अध्यक्षहरु, सल्लाहकारहरु, नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतका अध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतका अध्यक्ष, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायतका अध्यक्ष, नेपाल आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघ बेलायतका अध्यक्ष, गैर आवसीय नेपाली संघ बेलायतका अध्यक्ष, बेलायतमा स्थापित जातीय संस्थाका अध्यक्षहरु, बिभिन्न राजनीतिक पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरु, बिभिन्न संचार कर्मीहरु, बिभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुलगायत बिभिन्न क्षेत्रमा सफलता प्राप्त व्यक्तित्वहरुले २९ औं बिश्व आदिवासी जनजाति दिवसको शुभकामना मन्तब्य दिएका थिए।
शुभकामना मन्तब्य दिनेक्रममा अधिकांश बक्ताहरुले नेपालको प्रदेश नम्बर १ को “कोशी प्रदेश खारेजीको बारेमा तथा आन्दोलनको बारेमा र अधिवक्ता भगबती पाण्डे (सितल) ले “मगर र तामाङ” बिरुद्ध दिएको गलत अभिव्यक्तिको बारेमा तथा आन्दोलनको बारेमा आ-आफ्ना धारणाहरु व्यक्त गरेका थिए।
“२९ औं बिश्व आदिवासी जनजाति दिवसमा किरात राईयोयोक्खा युके र किरात याक्थुम चुम्लुङ युकेले झाँकी प्रस्तुत गरेका थिए। मगर संघ युकेको तर्फबाट क्याप्टेन बिर बहादुर थापाले “बुद्धका आँखा” भन्ने गीत प्रस्तुत गरेका थिए भने मगर गड ट्यालेन्टका बिजयी स्वेता तिलिजाले थाली नृत्य प्रस्तुत गरेकी थिइन्।”२९ औं बिश्व आदिवासी जनजाति दिवसमा किरात राईयोयोक्खा युके र किरात याक्थुम चुम्लुङ युकेले झाँकी प्रस्तुत गरेका थिए। मगर संघ युकेको तर्फबाट क्याप्टेन बिर बहादुर थापाले “बुद्धका आँखा” भन्ने गीत प्रस्तुत गरेका थिए भने “मगर गड ट्यालेन्ट” का बिजयी स्वेता तिलिजाले थाली नृत्य प्रस्तुत गरेकी थिइन्।
नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले अध्यक्षता गरेको कार्यक्रममा नेपाली राजदूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनाल प्रमुख अतिथि रहेका थिए भने प्रमुख वक्ताको रुपमा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुरा रहेका थिए ।
नेफिन युकेका महासचिब बिमला सेनेले संचालन गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघका अध्यक्ष युमा लिम्बुले स्वागत मन्तब्य दिएका थिए।
देश तथा विदेशबाट प्राप्त शुभकामना मन्तब्यहरुलाई नेफिन युकेका उपाध्यक्ष लिला सेलुङ माबो र नेपाल आदिवासी जनजाति मपत्रकार महासंघका अध्यक्ष गोमा रानाले बाचन गरेर उपस्थित जनमानसलाई सुनाएका थिए। बिश्व आदिवासी दिवसमा दुइसय जनाको उपस्थिति रहेको थियो।









































































