यस्ता छन् मगर संघ युकेको साधारणसभाका निर्णयहरु

SHARE:

– लाल पुन
फार्नबोरो । मगर संघ युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभा गत शनिवार ७ अप्रिल २०१८ का दिन बेलायतको फार्नबोरोस्थित क्रिस्टोफर चर्चमा सम्पन्न भएको हो ।
बैठकको पहिलो चरणमा संघको तर्फबाट महासचिव लाल पुनले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष नेत्र आले मगरले संस्थाको आर्थिक प्रतिवेदन पेस गर्नुको साथसाथै मगर मास्टर्स डिग्री तथा पिएचडी ट्रष्ट फण्डको आर्थिक प्रतिवेदन पनि पेस गरेका थिए । त्यस्तै, मगर संघ युकेका शाखा समितिका अध्यक्षहरु विजय हितान केन्ट शाखा, केश आले प्लमस्टिड शाखा, टीकाजी राना रिडिङ शाखा, भीम पुन स्वीन्डन शाखा, कृष्णराज राना वेम्ब्ली शाखा, लेख राना युएचएसबी शाखाले आ–आफ्नो शाखाको प्रतिवेदन प्रत्यक्ष रुपमा प्रस्तुत् गरेका थिए भने क्याट्रिक शाखाका सचिव प्रदीप रानाले स्काईपमार्फत शाखाको प्रतिवेदन प्रस्तुत् गरेका थिए ।

कार्य व्यस्तताले गर्दा वेल्स, वेस्ट लन्डन र लन्डन शाखाका अध्यक्षहरु चित्र राना, तेज शेरपुञ्जा र मन पुन तथा युथ संयोजक दीप राना उपस्थिति हुन नसकेको भए तापनि महासचिव पुनले उनीहरुको प्रतिवेदन प्राप्त भएको जानकारी गराएका थिए । त्यस्तै, मगर महिला संघ युकेकी अध्यक्ष छविमाया पुनले मगर महिला संघको प्रतिवेदन प्रस्तुत् गरेकी थिइन् ।
बैठकमा संस्थाका अध्यक्ष नेम थापाले नेपाल मगर संघको २६ औं राष्ट्रिय भेला तथा मगरात प्राप्तिको लागि मगरात क्याम्पियनमा भाग लिन आपूm नेपाल गएको अवगत गराएका थिए । उनले नेपालमा रहँदा नेपाल मगर संघद्वारा आयोजित मगर मन्त्रीहरुलाई स्वागत र सम्मान गर्ने, पत्रकार सम्मेलन तथा उपराष्ट्रपतिलगायत मगर मन्त्रीहरुसँग भेट्ने तथा कार्यक्रममा सहभागिता जनाउने मौका मिलेको जानकारी दिए ।

नेपाल सरकारको गृहमन्त्री रामबहादुर थापा बादल प्रमुख अतिथि रहेको नेपाल मगर संघको २६ औं राष्ट्रिय भेला तथा मगरात प्राप्तिको लागि मगरात क्याम्पियनको बैठकले मगरात प्राप्ति नहुँदासम्म संघर्ष जारी राख्ने निर्णय गरेको जानकारी गराउँदै अध्यक्ष थापाले युकेवासी मगरहरु पनि मगरात प्राप्ति नहुँदासम्म जस्तोसुकै सहयोग गर्न पनि तयार हुनुपर्नेमा जोड दिए । साथै, उनले मगर संघ युकेले खरिद गरिदिएको चार रोपनी जग्गामा निर्माण भइरहेको गोर्खाको बुङ्गकोटस्थित लखन थापा प्राथमिक विद्यालय भवनको समेत अवलोकन गरिएको जानकारी गराए ।
कार्यक्रमको दोस्रो चरणमा विधान समिति संयोजक ले. सुनिल रानालगायत उनको टिम देवी आले, नरेश खपांगी, कमला खपांगी र क्या. राम पुनले मगर संघ युकेको विधानको बारेमा व्यापक छलफल गरी अन्तिम रुप दिइएको विधानलाई सर्वसम्मतबाट पारित गरिएको थियो ।

मगर संघ हाउजिङ कमिटिका संयोजक जगत थापा कार्यव्यस्तताका कारण उपस्थिति नभए तापनि संस्थाका पूर्वअध्यक्ष मे. कुल थापाले हाउजिङ कमिटी गठन भएको र निकट भविष्यमा मगर संघ युकेको भवनको सम्पूर्ण रेखदेख, मर्मत संहारलगायत हिसाब किताब राखिनुको साथै नयाँ योजनाहरु हाउजिङ कमिटीले नै संघको अधिनमा रहेर सञ्चालन गर्ने जानकारी दिएका थिए ।
मगर संघ युकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न सो साधारणसभाले मगर संघ युकेको आयोजनामा सम्पन्न हुन लागेको नेपाली ओपन कन्सर्टलाई सभ्य र भव्य बनाउनको लागि संस्थाका उपाध्यक्ष बम सूर्यवंशी थापामगरको संयोजकत्वमा एक नयाँ उपसमिति गठन गरेको छ । सो कन्सर्टका दिन विमोचन गरिने गरी प्रकाशित हुने मगर संघ युकेको मुखपत्र कानुंग लांघा प्रकाशित गर्नको लागि संघका अर्का उपाध्यक्ष अनिता रानाको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ । त्यस्तै, गरिब तथा मगर जेहेन्दार विद्यार्थीहरुका लागि स्थापित मगर मास्टर्स डिग्री तथा पिएचडी ट्रष्ट फण्ड अर्थात् एक करोड रुपैयाँको अक्षय कोष पूरा गर्नका लागि संस्थाका कोषाध्यक्ष नेत्र आले मगर र निवर्तमान अध्यक्ष दुत पुनलाई आउने नोभेम्बरमा च्यारिटी कार्यक्रमको आयोजना गर्न अध्यक्ष थापाले अनुरोध तथा निर्देशन दिए ।

मगर संघ युकेका अध्यक्ष नेम थापा, संरक्षक घन थापा मगर, पूर्वअध्यक्ष मेजर कुल थापा मगर र मगर संघ केन्द्रीय कार्यसमितिका युरोप–अमेरिका संयोजक तथा सल्लाहकार शान्ति थापाले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी सुरु भएको साधारणसभामा उपाध्यक्ष सीता पुनले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव लाल पुनले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!