जापानबाट व्यवसायी घिसिङले एनआरएनए आईसीसी युवा संयोजक पदमा उम्मेदवारी दिने

SHARE:

जापान २१ अगस्ट २०२३ । जापानवासी व्यवसायी सुपेन्द्र घिसिङले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी दिनु हुने भएको छ । 

आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) मा काठमाडौंमा हुने गैरआवासीय नेपाली ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले एक औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरिने ग्लोबल मिडियासँग बताउनुभयो ।  


विगत १६ वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाएर एनआरएनएको अभियानमा निरन्तर सक्रिय उहाँ काभ्रेपलाञ्चोकमा जन्मिनु भएको हो । घिसिङ एनआरएनए जापानमा २०१४ मा प्रवेश गर्दै क्षेत्रीय कमिटी, एनसीसी र हाल आईसीसी सदस्यमा भारी मतले विजयी हुनुभएको हो । 

उहाँ काभ्रेली समाज जापान, तामाङ समाज जापान र जनजाति महासंघ जापानका विभिन्न पदको जिम्मेवारी वहन गर्दै अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आउनुभएको छ । त्यस्तै एनआरएनएको विभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसक्नुभएको छ । 

नेपालमा २०७२ सालमा गएको महाभूकम्पमा आफूले आर्थिक सहयोग गर्नुको साथै आर्थिक संकलन अभियानमा समेत उहाँ सक्रिय हुनुभयो । कोभिड-१९ मा पनि उहाँले नेपालको लागि र जापानमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग र खाद्य सामग्री वितरणका साथै सूचना सम्प्रेषणमा समेत सक्रिय हुनुभयो । त्यसै बखत नेपालमा अक्सिजनको अभावमा भएको बेला अक्सिजन पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । नेपालमा दिनदु:खी, अपांगता भएकाहरुलाई सहयोग गर्नुको साथै प्राकृतिक प्रकोप आदिमा निरन्तर सहयोग गर्दै आइरहनुभएको छ । 

उहाँको जापानमा घिसिङ कम्पनी लिमिटेडमार्फत ताज ब्रान्ड  होटल व्यवसाय र Ging लिमिटेडअन्तर्गत जापानमा मेनपावर र रियल स्टेट व्यवसाय गर्दै आइरहनुभएको छ । थ्रीजी बिलडर्स कम्पनीमार्फत कन्ट्रक्सन र होटेल व्यवसाय पनि उहाँ संलग्न हुनुहुन्छ । 




एनआरएनएका विभिन्न तह र तप्कामा रहेर कुशलतापूर्वक जिम्मेवारी निभाइसक्नुभएका घिसिङले एनआरएनए अभियानमा लागिरहँदा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्ने, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । 

उहाँले विभिन्न देशमा छरिएर बसेका नेपाली  युवाहहरुलाई स्वरोजगार बनाउने पहल, सामूहिक लगानी, सिप र पुँजीको सदुपयोग गर्दै एनआरएनएमा युवाहरुको आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने, उच्च शिक्षाको लागि विदेसिएका विद्यार्थीहरुलाई सही मार्गदर्शन दिने र दोस्रो पुस्तालाई एनआरएनएमा आबद्ध गराई नेपालसँग जोड़ने  लगायतका प्रमुख उद्देश्य रहेको जानकारी गराउनुभएको छ । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!