केम्पर्टन पार्कमा नेपाली मेलाको तयारीमा तमुधिं यूके(तस्बिरहरु)

SHARE:

लण्डन २६ अगस्ट २०२३ ।

बेलायतमा नेपाली मेला २०२३ को तयारी धमाधम भइरहेको छ ।

तमुधी युकेको आयोजनामा १४ औं नेपाली मेला बेलायतको लण्डनको किमटोन पार्कमा हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान भन्ने मूल नाराकासाथ आइतबार २७ अगस्टमा हुँदेछ ।

यस बर्ष नेपाली मेलामा सांकृतिक झाँकीतर्फ २९ टिम र स्टेजतर्फ तथा सांस्कृतिक कार्यक्रममा १२ टिमले भाग लिने संयोजक गुरुङले बताएका छन् । तमुधि युके टोहोटे, पुन समाज युके, तमुधि युके लन्डन इकाई, तमु प्ल्यु संघ युकेले झाँकीमा सहभागिता जनाएपनि प्रतियोगितामा समाबेश नहुने जनाएका छन् ।

नेपाली मेलाको मुख्य आकर्षणहरु मध्ये सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, जनचेतनालगायत बिभिन्न ब्यबसायिक स्टलहरु रहने ब्यबस्था गरिएको स्टल संयोजक तथा उपाध्यक्ष कमल गुरुङले बताएका छन ।

नेपाली मेलामा एम्बसाडोर कप प्रथम स्थानको लागि ११०० पाउण्ड, दोस्रो स्थानको लागि ७०० पाउण्ड, तेस्रो स्थानको लागि ५०० पाउण्ड पुरुषकार राखिएको छ । झाँकी तर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड र ३ वटा सान्त्वना पुरुषकार २०० पाउण्ड राखिएको छ ।

सांस्कृतिक नृत्यतर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड र २ वटा सान्त्वना पुरुषकार २०० पाउण्ड राखिएको छ । सम्पूर्ण खर्च जोड्दा नेपाली मेलामा जम्मा ३७,००० पाउण्ड जति खर्च लाग्ने अनुमान गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!