पाकिस्तानमा सडक दुर्घटनामा सात जनाको मृत्यु, एघार घाइते

SHARE:

एजेन्सी २७ अगस्ट २०२३ ।

उत्तरपश्चिम पाकिस्तानमा भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने ११ जना घाइते भएका छन् ।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको मानसेरा जिल्लामा यात्री बोकेको एउटा भ्यान दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका उद्धार सेवाका एक जना अधिकारीले बताएका छन् ।

मानसेराको माङ्ला क्षेत्रमा चालकले नियन्त्रण गुमाउँदा गाडी सडकबाट खसेर दुर्घटना हुँदा उक्त हताहती भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीयवासी र उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।

उनीहरूलाई तत्काल अस्पताल पु¥याइएको उद्धार सेवाले जनाएको छ । दुर्घटनामा छ जना पुरुष र एक महिलाले ज्यान गुमाएका हुन् ।

मर्मतसम्भार नगरिएका सडक एवं सवारीसाधान, लापरवाहीपूर्वक सवारी सञ्चालन, सवारी नियमको अक्षरसः पालना नहुँदा पाकिस्तानमा नियमितरुपमा सडक दुर्घटना हुने गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!