बेलायतमा ‘बिग हाफ म्याराथन’सम्पन्न, मौलिक पोसाकमै दौडिए नेपाली

SHARE:

लन्डन ५ सेप्टेम्बर २०२३ । बेलायतमा ‘बिग हाफ म्याराथन’आइतबार सम्पन्न भएको छ । उक्त म्याराथनमा नेपालीहरु मौलिक पोसाक लगाएरै दौडिएका छन् ।

लन्डनको मध्यभागमा आइतबार ३ सेप्टेम्बरमा सम्पन्न बिग हाफमा नेपाल रन यूकेका करिब १० जना धावकले नेपाली पोसाक लगाएर कीर्तिमान राखेका छन् । बेलायतको प्रसिद्ध दौडमध्येको एक ‘बिग हाफ म्याराथन’मा यसपटक २ सयभन्दा नेपालीमूलका प्रतिस्पर्धीहरुले सहभागिता जनाए ।

गुन्यूचोलो लगाएर अन्जु सिग्देल, मूना गौतम, मनिषा लिम्बू लगायतले दौडिएका थिए भने आत्माराम दाहाल, रवीन्द्र अधिकारी, राजेन्द्र ओझा, चुरामणि रेग्मी लगायतले दौरा सुरुवाल लगाएर दौड सम्पन्न गरे ।

नेपाली संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने प्रयासले मौलिक पोसकमा सहभागी गराइएको नेपाल रनका इभेन्ट कोअर्डिनेटर तथा एनबीसी यूकेका सचिव रवीन्द्र अधिकारीले बताए । दौड प्रतियोगितामा विभिन्न पोसाक र प्रक्रियाले दौडिएर कीर्तिमान राख्ने चलन छ ।

समुदायलाई तन्दुरुस्त राख्न निरन्तर गतिविधि गर्दै आएको नेपाल रन यूकेले आगामी नोभेम्बर ५ मा नर्थल्ट १० के रन पनि आयोजना गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!