तमु समाज युके र भ्रमण टोलीको तर्फबाट मन्दिर व्यवस्थापनलाई खाद्यान्न सामग्रीहरू दान गरिने
लन्डन । तमु समाज युकेले आगामी मे ८ शुक्रबार बेलायतको वेल्सस्थित प्रसिद्ध तीर्थस्थल स्कन्दभेलको भ्रमण गर्ने भएको छ ।
ग्रीष्मकालीन भ्रमण २०२६ अन्तर्गत स्कन्दभेल वेल्सको भ्रमण आयोजना गरिएको तमु समाज युकेका निवर्तमान अध्यक्ष शिब कुमार गुरुङले सूचनामार्फत सोमबार जानकारी दिएका हुन् । तमु समाजका युकेका सदस्यहरूबीच आपसी भाइचारा सुदृढ गर्दै, आध्यात्मिक शान्ति र मनोरञ्जनका लागि स्कन्दभेलको दर्शन एवं प्राकृतिक अवलोकन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उनले बताए ।
सहभागी संख्या पूर्ण भइसकेकोले नयाँ दर्ता बन्द गरिएको जनाउँदै निवर्तमान अध्यक्ष गुरुङले मौसम अनुसारका लुगाफाटा र बिहान मन्दिरसम्मको बाटो हिँड्नका लागि पोर्टेबल टर्चलाइट अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेका छन् ।
भ्रमण कार्यतालिका:
• प्रस्थान: ८ मे २०२६, शुक्रबार राति ठीक १०:०० बजे ।
• भेला हुने स्थान: Barham Park, Wembley (Sudbury Bus Station)।
• आगमन: ९ मे २०२६, शनिबार बिहान करिब ४:०० बजे स्कन्दभेल पुगिनेछ।
• पूजा समय: बिहान ५:००, ६:३० र ९:३० बजे (विभिन्न चरणमा पूजा हुनेछ)।
• विशेष कार्यक्रम (खाद्यान्न दान): तमु समाज युके र भ्रमण टोलीको तर्फबाट मन्दिर व्यवस्थापनलाई खाद्यान्न सामग्रीहरू दान गरिने कार्यक्रम रहेको छ । उक्त सामग्रीहरू समाजका अध्यक्ष बिन्दुकुमारी गुरुङ घले र आमा समूहका अध्यक्ष बिमला गुरुङद्वारा मन्दिर व्यवस्थापन प्रमुखलाई हस्तान्तरण गरिनेछ। (यसको समय तालिका मन्दिर पुगेपछि समन्वय गरी तय गरिनेछ)।
• खानपान: बिहानको खाजा ८:०० बजे र दिउँसोको खाना २:०० बजे मन्दिर व्यवस्थापनद्वारा उपलब्ध गराइनेछ।
• फिर्ती यात्रा: ९ मे दिउँसो ३:०० बजे स्कन्दभेलबाट प्रस्थान। फर्कने क्रममा (Wales & England) वेल्स र इङ्गल्याण्डका रमणीय दृश्यहरूको अवलोकन गर्दै आरामदायी यात्राका साथ लन्डन फर्किनेछौँ ।
भ्रमणको कुल खर्चको ५० प्रतिशत रकम नेसनल लोट्री कम्युनिटी फन्डबाट अनुदान स्वरूप प्राप्त भएको जनाइएको छ । भ्रमण संयोजक अध्यक्ष बिन्दु कुमारी गुरुङ घले र सहसंयोजक कोषाध्यक्ष चन्द्रकान्त गुरुङ रहेका छन् ।






