ब्राजिलमा समुद्री आँधीका कारण २२ जनाको मृत्यु

SHARE:

एजेन्सी ६ जुलाई २०२३ ।

ब्राजिलको दक्षिणी क्षेत्रमा शक्तिशाली चक्रवात ९समुद्री आँधी०का कारण भीषण वर्षा र बाढी आउँदा २२ जनाको मृत्यु भएको छ । सयौँ मानिस विस्थापित भएका छन् ।

मंगलबार तटीय क्षेत्रमा ठोक्किएको उक्त आँधीका कारण देशको दक्षिणी राज्य रियो ग्रयाण्ड डो सुल सबैभन्दा बढी प्रभावित भएको छ । उक्त राज्यमा मात्र २१ जनाले ज्यान गुमाएका छन् ।

बाढीको पानी घट्दै जाने क्रममा थप शवहरु प्राप्त हुन सक्ने अधिकारीहरुले बताएका छन् । गर्भनर एडुआर्डो लेटेले राज्यका करिब ६० वटा सहर आँधी र बाढीले प्रभावित भएको बताएका छन् ।

यस्तै छिमेकी राज्य सान्टा क्याटारिनामा थप एक जनाले ज्यान गुमाएको रोयटर्सले जनाएको छ । यो आँधी जलवायु परिवर्तनका कारण भएको विज्ञको भनाइ छ ।

गत जुनमा दक्षिणी ब्राजिलमा आएको समुद्री आँधीका कारण १३ जनाले ज्यान गुमाएका थिए । हजारौं विस्थापित भएका थिए । यस्तै गत फेब्रअरीमा मुसलधारे वर्षा, बाढी र पहिरोमा साउ पाउलो राज्यमा ६५ जनाले ज्यान गुमाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!