महेशकुमार श्रेष्ठले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा

SHARE:


ललितपुर १६ सेप्टेम्बर २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

ललितपुरको होटल हिमालयमा शुक्रबार पत्रकार सम्मेलन गरेर श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी वर्तमान उपाध्यक्ष हुन् ।

उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले पाँच बुँदे प्रतिबद्धतासमेत अघि सारेका छन् । जसमा ‘अबको कार्यभारः एनआरएनएको हक, हित र अधिकार’, ‘जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ’, ‘संरचनागत सुधार र संस्थागत विकास’, ‘समुन्नत नेपालको संकल्प’ र ‘प्राथमिकतामा युवा महिला तथा दोस्रो पुस्ता रहने’ उल्लेख छ ।

उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने, ज्ञान, सीप तथा नवप्रवर्तन भित्र्याउन ठोस पहल गर्ने, पर्यटन विकासमा पहल गर्ने, गैरआवासीय नेपालीको समस्या समाधान गर्न निर्णायक पहल गर्ने पनि बताए ।

उनले सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउने आफ्नो प्रमुख उद्देश्य र प्राथमिकता रहने बताए ।

एनआरएनएको आईसीसी सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गर्दै संघको आर्थिक पारदर्शिता र आर्थिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै श्रेष्ठले संघको एमआईएस सिस्टमलाई थप सुरक्षित तथा निर्वाचन प्रणालीलाई विश्वासयोग्य र विवादरहित बनाउन फेस भेरिफिकेसनलाई अनिवार्य बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे ।

श्रेष्ठको टिमबाट वर्तमान महासचिव केशव पौडेलले पनि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सचिव गंगाधर गौतम र अमेरिका एनसीसीका पूर्वअध्यक्ष बुद्धिसागर सुवेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका थिए ।

प्रवक्ता सोम सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरे । कार्यक्रममा उपाध्यक्ष नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविन गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

एनआरएनएको ११ औं महाधिवेशन र विश्व सम्मेलन आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!