नेपाली साइक्लिङ क्लब यूकेको सकियो लन्डन-बेल्जियम साइकलयात्रा

SHARE:


लन्डन १९ सेप्टेम्बर २०२३ । सेप्टेम्बर ११ को घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा ‘९/११ पिस राइड लन्डन-ब्रसेल्स’नाममा नेपाली साइक्लिङ क्लब यूकेले लन्डन-बेल्जियम साइकलयात्रा गरेको छ ।

सेप्टेम्बर ९ मा लन्डनबाट सुरु भएको झन्डै तीन सय किमि दूरीको साइकलयात्रामा क्लबका १३ सदस्य सहभागी थिए । उनीहरु पहिलो दिन डोभरसम्म पुगेको थियो । दोस्रो दिन बेल्जियमको घेन सिटी पुगेका साइकलयात्रीहरुलाई स्थानीय हिमालयन रेष्टुरेन्टमा जनक सुवेदी र विकल अधिकारीले स्वागत गरेका थिए । साइकलयात्रामा क्लबका सदस्यहरु अमिर कर्माचार्य, अनिल शाही, भाष्कर कर्माचार्य, विक्रम जोशी, हरिकृष्ण न्यौपाने, ह्यारी गुरुङ, नारायणप्रसाद अधिकारी, प्रसिद्ध प्रधान, पूर्णकुमार श्रेष्ठ, पुष्कर राजकर्णिकार, रवि रिमाल, राजेन्द्र आले र सुलभ पन्त सहभागी थिए।

साइकलयात्रीहरु तेस्रो दिन सेप्टेम्बर ११ मा अन्तिम गन्तव्य ब्रसेल्स पुगेका थिए । ब्रसेल्सको नेपाल घरमा बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभन्डारीले साइकलयात्रीहरुलाई स्वागत गरेका थिए । उनले शान्तिको कामनासहित आयोजित अन्तरराष्ट्रिय साइकलयात्राले शान्तिको सन्देश संगसंगै पारस्परिक मित्रता र नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

क्लबका अध्यक्ष प्रसिद्ध प्रधानले बेलायतको नेपाली समुदायमा स्वस्थ जीवनका लागि साइकल चलाउन प्रेरणा जगाउने उद्धेश्यले नियमित रुपमा अभ्यास गराउँदै आएको जानकारी गराए। क्लबका सदस्यहरुले आफ्नै व्यक्तिगत खर्चमा यस्ता कार्यक्रम गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!