क्वान्टम डट्समा अनुसन्धान गर्ने तीन वैज्ञानिकले पाए रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

SHARE:

एजेन्सी ४ अक्टुबर २०२३ ।

यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार समितिले बुधबार वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको हो । बावेन्डी म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)सँग आवद्ध छन् भने ब्रुस कोलम्बिया विश्वविद्यालयसँग आवद्ध छन् ।

यस्तै एकिमोभ न्यानोक्रिस्टल टेक्नोलोजी इन्क न्युयोर्कमा आवद्ध छन् । उनीहरू तीन जनाले धेरै चम्किलो रंगिन प्रकाश उत्सर्जन गर्ने साना कणमा अनुसन्धान गरेका थिए ।

क्वान्टम डट्स टेलिभिजन, एलइडी बत्ती, मेडिकल इमेजिङलगायतमा प्रयोग हुने गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!