फार्नबोरोमा नयाँ बौद्ध संस्था स्थापना, एक हजार बुद्धको अभिषेक प्रदान

SHARE:

एटा संवाददाता
फार्नबोरो । फार्नबोरोमा नयाँ बौद्ध संस्थाको स्थापना गरिएको छ । संस्थाको स्थापना सँगसँगै एक हजार बुद्धको अभिषेक (वाङ्ग) समेत प्रदान गरिएको छ ।

गत ४ र ५ अगस्टमा सम्पन्न भएको कार्यक्रमको पहिलो दिन शनिबार हिज होलिनेश क्यानगोन फाक्छोक रिम्पोछे (सातौं अवतार)ले रन्जुङ्ग येशे ओडियाना युकेसीआईओ नामक नयाँ संस्थाको उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष क्याप्टेन (रि) जीवनकुमार गुरुङले सबै अतिथि र भक्तजनहरुलाई स्वागत गर्दै संस्थाको उद्देश्यका बारेमा जानकारी दिएका थिए । त्यस्तै, संस्थाका महासचिव इन्द्र गुरुङले रिम्पोछे गुरुको जीवनीबारे प्रकाश पारेका थिए ।

संसारभर रन्जुङ्ग येशे ओडियाना युकेसीआईओअन्र्तगत ५२ वटा संस्थाहरु आबद्ध रहेका छन् । फार्नबोरोस्थित संस्था ५३ नम्बरमा पर्दछ । सबै संस्थाका संस्थापक र संरक्षक रिम्पोछे, उनका बाबा छ्याकलिङ्ग रिम्पोछे र ठूला बुबा छयोकी निमा रिम्पोछे रहेका छन् । विगतमा उनीहरुले बौद्ध धर्मप्रति गहिरो आस्था र विश्वास देखेर प्रभावित भई बेलायतमा एउटा संस्था खोल्ने इच्छा प्रकट गरेका थिए । सोहीबमोजिम फार्नबोरोमा उनकै इच्छा र निर्देशनलाई आत्मसाथ गर्दै संस्थाको जन्म भएको हो ।

कार्यक्रमको दोस्रो चरण अर्थात् गत ५ अगस्टका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पेलिस्ट कलेजमा अभिषेक (वाङ्ग)समेत प्रदान गरिएको थियो । कार्यक्रममा ३०० जनाभन्दा बढी भक्तजनहरुको सहभागिता रहेको थियो । अध्यक्ष क्याप्टन (रि) जीवनकुमार गुरुङले संस्थाको उद्देश्यबारे पुनः जानकारी गराएका थिए । त्यस्तै, महासचिव इन्द्र गुरुङले पुनः रिम्पोछे गुरुको बारेमा भक्तजनहरुलाई प्रकाश पारेका थिए । कार्यक्रमलाई सहसचिव बाम गुरुङले सञ्चालन गरेका थिए । तत्पश्चात् रिन्पोछद्वारा पूजा प्रवचन र भक्तजनहरुबाट मेन्डेला अर्पण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा रिम्पोछले उपस्थित भक्तजनहरुलाई बेलायतमा पहिलोपटक एकहाजर बुद्धको अभिषेक (वाङ्ग) दिए ।

संस्थाका प्रमुख सल्लाहकार नारायण गुरुङले जानकारी दिएअनुसार फार्नबोरो रेनवेस्थित संस्थामा १ जना लामा गुरु स्थायी रुपमा रहने छन् र पूजापाठको साथै भविष्यमा मेडिटेसन कक्षा पनि सञ्चालन गरिने छ ।
संस्थाको स्थापना र कार्यक्रमलाई सफल बनाउन प्रमुख सल्लाहकार नारायण गुरुङ र कोषाध्यक्ष रविन्द्र लोसाल र उनको परिवारको सम्पूर्ण सदस्यहरुको ठूलो योगदान रहेको संस्थाले जानकारी गराएको छ ।

अध्यक्ष क्या.रि.गुरुङले कार्यक्रम सफल बनाउन आप्mनो अमूल्य समय, साथ, सहयोग र अथक मिहेनत गर्ने सबै सदस्य, संघसंस्था र भक्तजनहरुलाई धन्यवादसहित आभार व्यक्त गरेको सो संस्थाका दिल गुरुङले जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!