अल्डरसट ८ अक्टोबर २०२३ । पाँचथर समाज सेवा यूकेको अध्यक्षमा शान्ति लिम्बू निर्वाचित भएकी छन् ।
समाज सेवाको शनिबार अल्डरसटमा रहेको ठमेल रेष्टुरेण्ट एण्ड बारमा भएको आठौं महाधिवेशनले लिम्बूको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नगेन्द्रराज नेम्बाङ, उपाध्यक्षहरूमा हाङपाल माखिम, नन्दा सुन्दास, सुरेश थाम्सुहाङ, मित्र राई, महासचिवमा लाहाङ चेम्जोङ, सचिवमा नरेन्द्र तुम्बापो, सहसचिवहरूमा सन्देश लिम्बू र होमित योङहाङ, कोषाध्यक्षमा शिखर सम्बाहाङ्फे, सहकोषाध्यक्षहरूमा साम्सोगेन नेम्बाङ र अर्जुनकुमार सेलिङ चयन भएका छन् ।
सदस्यहरूमा सूर्य केरुङ, धनकुमार लिम्बू, तारा लक्सम, योगेन्द्र तावा, तेज लाओती, दीपा योङ्या लिम्बू, प्रताप तामाङ, देउमान लाओती, केशव महरा, गंगा राई, रश्मी लिम्बू र सोनाम शेर्पा छन् । यो कार्यसमितिको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ ।
सल्लाहकारहरुमा नरवीर आङ्बो, चन्द्र सुन्दास, दिल सम्बाहाङ्फे, नर थाम्सुहाङ, कैलाश काम्बाङ्ग, रुपमान कुरुम्बाङ्ग, धनकुमार काम्बाङ्ग, बाबुराम योङ्या, छवि सेलिङ, लीला सेलिङ माबो र पदमबहादुर चुवान छन् ।
अधिवेशन प्रमुख अतिथि पदमबहादुर चुवान, अध्यक्ष कैलाश काम्बाङ्ग, पूर्वअध्यक्षहरु नरवीर आङ्बो, धनकुमार काम्बाङ्ग, चन्द्र सुन्दासले संयुक्त रुपमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
अधिवेशनमा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बूले राखेकी थिइन् । उपाध्यक्ष छवि सेलिङले आपतकालीनसम्बन्धी अपनाउनुपर्ने सेफ्टी ब्रिफ जानकारी दिएकी थिइन् ।
कैलाश काम्बाङ्गको अध्यक्षतामा भएको महाधिवेशनमा महासचिव प्रेम धालव सुहाङले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष मित्र राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनले दुवै प्रतिवेदनलाई पारित गरेका थिए ।

अध्यक्ष काम्बाङ्गले आफ्नो कार्यकालमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद दिँदै कार्यसमिति विघटन भएको घोषणा गरेका थिए ।
निर्वाचन आयुक्तमा नरवीर आङ्बो, सचिवमा नरप्रसाद थाम्सुहाङ ‘बी’ र सदस्यमा रकम बेघा लिम्बू रहेका थिए । पाँचथर समाज सेवा यूके सन् २००६ मा स्थापना भएको हो ।






