एजेन्सी १० अक्टुबर २०२३ ।

इजरायली हवाई हमलामा मारिएका प्यालेस्टिनीको संख्या ८३० पुगेको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेको संख्या ४५ सय भन्दा बढि रहेको जनाएको छ । हमासले गरेको आक्रमणमा इजरायली पक्षमा मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।
प्यालेन्सटिनी अतिवादी समूह हमासले इजरायली शहरहरुमा फेरि आक्रमण सुरु गरेको छ । गाजापट्टीको सीमावर्ती शहर अक्षलोनमा ठूला विष्फोटहरु भएको बीबीसीले जनाएको छ ।
त्यसअघि हमासले स्थानीय समय अनुसार ५ बजेसमम् स्थानीयलाई शहर छोडन चेतावनी दिएको थियो । त्यो समय सकिएलगत्तै हमासले रकेट आक्रमण सुरु गरेको हो ।
शहरमा थुप्रै विष्फोटहरु सुनिएको बीबीसीले जनाएको छ । यता इजरायलले पनि गाजामा आक्रमण जारी नै राखेको छ ।






