हमास–इजरायल युद्धमा मृत्यु हुनेको संख्या तीन हजार नजिक, तीन लाख बढी विस्थापित

SHARE:

एजेन्सी १३ अक्टुबर २०२३ ।

प्यालेस्टाइनी हमास समूह र इजरायलबीच जारी युद्धमा मृत्यु हुनेको संख्या तीन हजार नजिक पुगेको छ ।

बीबीसीका अनुसार इजरायलले गाजापट्टीमा जारी राखेको हवाइ आक्रमणमा १५ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ तीन लाख ३८ हजार मानिस विस्थापित भएका छन् । हजारौँ मानिस घाइते छन् ।

संयुक्त राष्ट्रसंघले इजरायलले जारी राखेको हवाइ आक्रमणमा गाजाको अवस्था कष्टकर बनेको छ । पानी र खानेकुरा सहित औषधिसमेत सकिन थालेको छ । गाजापट्टीका ५० हजार गर्भवती महिला आधारभूत सेवाबाट बञ्चित हुने अवस्थामा पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

यस्तै हमासले गरेको आक्रमणमा इजरायलमा १३ सयभन्दा बढीको मृत्यु भएको छ । इजरायलतर्फ पनि घाइतेकको संख्या हजारौँ पुगेको छ । यसैबीच ह्युमन राइट्स वाचले इजरायलले गाजापट्टी र लेबनानमा सेतो फस्पोरसयुक्त हतियार प्रयोग गरेको आरोप लगाएको छ ।

सेनाले कुनै संकेतका लागि मात्रै प्रयोग गर्ने अत्यधिक घातक रासायनिक हतियार इजरायले प्रयोग गरेको ह्युमन राइट्स वाचको आरोप छ । भीडभाडयुक्त क्षेत्रमा यसको प्रयोग गर्दा ठूलो मानवीय क्षति हुने बताइन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!