गुरुङ चलचित्र ‘प्हा’की नायिका पुनम नेपाली मेलामा

SHARE:

एटा संवाददाता
अल्डरट । गुरुङ चलचित्र ‘प्हा’की नायिका पुनम गुरुङ ‘दसौं नेपाली मेला’का लागि बेलायत आउने भएकी छन् । उनले तमुधिं युकेद्वारा आगामी २६ अगस्टका दिन लन्डनको क्याम्पटन पार्क रेसकोर्षमा आयोजना हुन लागेको नेपाली मेलाको होस्ट गर्ने भएकी छन् ।

नेपाली भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा सम्वद्र्धनका लागि सन् २००९ देखि तमुधिं युकेले नेपाली मेलाको आयोजना गर्दै आएको छ । व्हाईट लोटसद्वारा नियमित रुपमा प्रशारण हुँदै आएको ‘तमु मैं ताँ’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोतासमेत रहेकी गुरुङ आउँदो १७ अगस्टका दिन बेलायत आउन लागेकी हुन् ।

उनको मुख्य अभिनय रहेको चलचित्र ‘प्हा’को आगामी शुक्रबार २४ अगस्टका दिन अल्डरसटस्थित एम्पायर हलमा विशेष प्रदर्शन हुँदैछ । सोही गुरुङ चलचित्र ‘प्हा’को प्रदर्शनमा समेत उनको उपस्थिति रहने भएको छ । फोटो पत्रकार मिलन तमुका अनुसार उनको नेपाली मेलालगायत विभिन्न कार्यक्रममा पनि सहभागिता रहने छ ।

गुरुङहरुको संस्कृतिमा ‘प्हा’ अर्थात् रक्सीको महत्व, यसले ल्याएको विकृति र विसंगतिलाई चलचित्रले मुख्य विषयवस्तु बनाएको छ । ङ्योए फिल्म प्रोडक्सन प्रालिको पहिलो कोसेलीले रुपमा प्रस्तुत् भएको चलचित्र नेपाल र हङकङमा प्रदर्शन भइसकेको छ भने बेलायतमा पहिलो पटक हो ।

सो चलचित्रले गुरुङहरुको भाषा, कला र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नका लागि विशेष भूमिका खेल्न निर्माता सोम तमुको विश्वास छ । उनले बेलायतवासी तमु दाजुभाइ तथा दिदीबहिनीलगायत सबै नेपालीहरुलाई सो विशेष प्रदर्शनीमा उपस्थितिको लागि अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!