इजरायलमा हमासको आक्रमणमा सयभन्दा बढी विदेशीको मृत्यु भएको पुष्टि

SHARE:

एजेन्सी १४ अक्टुबर २०२३ ।

हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिहरू रहेको जानकारी प्राप्त भएको छ ।

एएफपीले सम्बन्धित देशका राजदूताबास र विदेशमन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार इजरायलमा कट्टरपन्थी इस्लामिक समूह हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० र यसमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् भने मृतकमध्ये एक सयभन्दा बढी विदेशी नागरिक रहेको पुष्टि भएको हो ।

गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा परी कम्तीमा दुई हजार २१५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । शनिबारसम्मको अपडेट अनुसार आक्रमणमा एक हजार २०० भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको इजरायल सरकारले पुष्टि गरेको छ ।

आक्रमणमा परी कम्तीमा २७ जना अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार अनिर्दिष्ट सङ्ख्या तर एक दर्जनभन्दा बढी अमेरिकीहरू अपहरणमा परेको विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हमास आक्रमणपछि हराइरहेका १४ जना अमेरिकीका परिवारसँग कुराकानी गरेका छन् ।

ह्वाइट हाउसले उक्त कलको बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन, तर बाइडेनले सीबीएसको ‘६०–मिनेट्स’ मा भने “यदि हामीले उनीहरूलाई फेला पार्न सक्यौं भने हामी उनीहरूलाई घर फर्काउन आफ्नो शक्तिले भ्याएसम्म सबै कुरा गर्नेछौं ।त्यस्तै,थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनले २४ जना थाई नागरिकको मृत्यु भएको शनिबार जानकारी दिनुभएको छ । अन्य १६ जना घाइते भएको र १६ जना अपहरणमा परेको अनुमान गरिएको थाई विदेश मन्त्रालयले जनाएको छ । थाइल्याण्डको सरकारी तथ्याङ्कअनुसार इजरायलमा लगभग ३० हजार थाई नागरिक छन्, जसमध्ये अधिकांश कृषि क्षेत्रमा कार्यरत छन् ।

फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोन्नाले हमासको आक्रमणबाट १५ जना फ्रान्सेली नागरिकको मृत्यु भएको जानकारी दिनुभएको छ । यसअघि, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चार बालबालिकासहित १७ जना बेपत्ता भएका जानकारी गराएका थिए । तेल अभिवस्थित नेपाली राजदूतावासका अनुसार किब्बुट्ज अलुमिममा १० जना नेपालीको मृत्यु भएको र आक्रमणको समयमा किब्बुट्जमा १७ जना नेपाली विद्यार्थीहरू रहेका थिए भने एक जनालाई बन्धक बनाएर लगेको पुष्टि विद्यार्थीहरूले नै गरेका छन् ।

उक्त आक्रमणमा सात अजेन्टिनी नागरिकको मृत्यु भएको थियो भने अन्य १५ जना सम्पर्कमा आएका छैनन् । उनीहलाई बन्धक बनाइएको हुनसक्ने विश्वास गरिएको छ । अर्जेन्टिनाको विदेश मन्त्रालयले सात जनाको मृत्यु भएको र अन्य १५ जना हराइरहेको पुष्टि गरेको छ ।

युक्रेनको विदेश मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ भने अन्य नौ जना हराइरहेका छन् भने नौ जना घाइते भएका छन् । तेल अभिवस्थित रुसी दूतावासका अनुसार कम्तीमा चार जना रुसी–इजरायली नागरिकको मृत्यु भएको छ । उसले कुनै पनि बन्धकको बारेमा कुनै जानकारी नभएको तर छ जना रूसी नागरिक हराइरहेको बताएको छ ।

यसैगरी बेलायतका दुई जना नागरिकको मृत्यु भएको परिवारले पुष्टि गरेका छन् भने लण्डनस्थित इजरायली दूतावासले बुधबार थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । बिबिसीले बालबालिकासहित १७ जना बेलायतीको हताहत भएको जनाएको छ ।

अन्य मृत्यु हुनेमा चिलीको एक महिला, तीन जना इजरायली–अस्ट्रियाली नागरिकको मृत्यु भएको, बेलारूस, क्यानडा, चीन, फिलिपिन्स र ब्राजिल हरेक देशबाट तीन तीन जनाको मृत्यु भएको सम्बन्धित देशका विदेश मन्त्रालय वा राजदूतावासले पुष्टि गरेका छन् भने ती देशका पनि केही नागरिक आक्रमणपछि कसैको सम्पर्कमा आउन सकेका छैनन् ।

आक्रमणमा परी पेरूका दुई जना, रोमानियाका एक, दक्षिण अफ्रिककाको दुई अष्ट्रेलियाको दुई, अजरबैजान, कम्बोडिया,पोर्चुगल,आयरल्याण्ड, होन्डुरस, स्पेन, चिलीका एक एक व्यक्तिको मृत्यु भएको छ । आक्रमणमा परी ज्यान गुमाउनेमा श्रीलङ्का दुई, टर्कीका एक, कोलम्बियाका एक, मेक्सीकोका दुई,इटालीका तीन,पराग्वेका दुई र तान्जिानियाका दुई नागरिक रहेको पुष्टि भएको छ । यी मुलुकका पनि केही व्यक्ति आक्रमणपछि सम्पर्कमा आउनसकेका छैनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!