एनआरएनएको अध्यक्ष पदमा बद्री केसी निर्वाचित

SHARE:


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा बद्री केसी निर्वाचित भएका छन् ।

काठमाडौंस्थित होटल सोल्टीमा भएको ११ औं विश्व सम्मेलनअन्तर्गतको निर्वाचनमा केसी अन्य दुई प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदान भएको थियो ।

६ उपाध्यक्षमा डा. हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिम्खडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डा. विनोद श्रेष्ठ निर्वाचित भए ।

यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान राई, युवा उपाध्यक्षमा रोशन थापा, महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ विजयी भए ।

६ सचिव पदमा भिम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी, मनोजकुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणि पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी भएका छन् । महिला सचिवमा टिका गुरुङ (राधिका) विजयी भइन् ।

संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत र तिलकप्रसाद गैरे मत प्राप्त गरेर विजयी हासिल गरे ।

महिला सहकोषाध्यक्षमा अमृत थापा, अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान विजयी भए । संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ विजयी भए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!