आज बडादशैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

SHARE:

काठमाडौं २१ अक्टुबर २०२३ ।

बडादसैँको सातौ दिन आज देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनादेखि पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

फूलपातीका दिन गोरखाबाट काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँघरमा फूलपाती ल्याउने गरिन्छ । नेपाली सेनाले गोरखा दरबारबाट फूलपाती ल्याउने परम्परा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!