इजरायलमा मारिएका तीन नेपालीको शव नेपाल ल्याइयो

SHARE:

काठमाडौं २२ अक्टुबर २०२३ ।

७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर मारिएका १० नेपालीहरुमध्ये तीनजनाको शव नेपाल आइपुगेको छ ।

इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्टको शव नेपाल आइपुगेको छ भने आशिष चौधरीको शव आज दिउँसो आइपुग्ने बताइएको छ ।

बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ । शवहरूलाई आइतबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!