हमास-इजरायल युद्धमा संयुक्त राष्ट्रसंघका ३५ कामदारको मृत्यु

SHARE:

एजेन्सी २५ अक्टुबर २०२३ ।

गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी शरणार्थी एजेन्सीका ६ कामदार मारिएको राष्ट्रसंघले जनाएको छ ।

यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको संख्या ३५ पुगेको छ । हमासका बन्दुकधारीहरूले इजराइलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजराइली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि छोडिएको छैन ।

‘शत्रुता सुरु भएदेखि काम गरेकै अवस्थामा १६ स्वास्थ्यकर्मी मारिएका छन्, युएनआरडब्लुएका गरी कूल ३५ कर्मचारीको मृत्यु भएको छ’ संयुक्त राष्ट्रसङ्घको मानवअधिकार एजेन्सी ओसीएचएले सोमबार साँझसम्मको स्थितिबारे मङ्गलबार पठाएको अपडेटमा भनिएकोछ, ‘तीमध्ये ६ जना पछिल्लो २४ घन्टमा मारिएका छन् ।’

युएनआरडब्लुएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दछ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको सङ्ख्याअनुसार गाजापट्टीमा इजराइलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!