इजिप्टमा कार दुर्घटना हुँदा ३५ जनाको मृत्यु, ५३ घाइते

SHARE:

एजेन्सी २८ अक्टुबर २०२३ ।

इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ । बेहेरा नजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर विभिन्न सवारी साधनमा आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ ।

मृतक र घाइतेलाई नजिकैका शहरका अस्पतालमा लगिएको छ । उक्त घटनाको आपराधिक अनुसन्धान गर्न आदेश दिइएको समाचारमा जनाइएको छ । तीव्र गति, सडकको कमजोर मर्मत सम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौंको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् ।

विगत केही वर्षयता इजिप्टले सवारी दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!