गाजामा ३ हजार ६४८ बालबालिकासहित ८ हजार ७९६ जनाको मृत्यु

SHARE:

एजेन्सी १ नोभेम्बर २०२३ ।

चरमपन्थी समूह हमास शासित स्वास्थ्य मन्त्रालयले बुधबार गाजामा अक्टोबर ७ यता मृत्यु हुनेको सङ्ख्या ८ हजार ७९६ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७१ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गाजा पट्टीमा मारिनेमा ३ हजार ६४८ बालबालिका रहेका छन् । हमासको अल कसम ब्रिगेडले अक्टोबर ७ मा इजरायलमा अभूतपूर्व आक्रमण गरेको थियो, जसमा करिब १४०० मानिस मारिएका थिए । यसपछि इजरायलले गाजा पट्टीमा लगातार हवाई हमला गरिरहेको छ ।

मङ्गलबार इजरायली बमबारीमा उत्तरी गाजाको सबैभन्दा ठुलो शरणार्थी शिविर जबलियामा मारिनेको सङ्ख्या १२० पुगेको छ । यसमा जसमध्ये अधिकांश महिला र बालबालिका छन् । युद्धअघि यस शरणार्थी शिविरमा करिब १ लाख २५ हजार मानिस बस्दै आएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!