तिहारको अन्तिम दिन आज भाइटीका, शुभ साइत १०ः५१ बजे

SHARE:

काठमाडौं १५ नाभेम्बर २०२३ ।

यमपञ्चकको पाँचौँ दिन बुधबार भ्रातृद्वितीया अर्थात् भाइटीका । दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्ने पर्व ।

पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि उल्लेख छ । दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी,यमराज र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ ।

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने र ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन् ।

दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतमले बताए । टीका लगाएसँगै दिदीबहिनीले सेलरोटी, फलफूल, मसला आदि सगुन दिने र दाजुभाइले पनि गच्छेअनुसार दक्षिणा र लुगाफाटो उपहार दिने चलन छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले बिहान १० बजेर ५१ मिनेटको समय उत्तम रहेको जानकारी दिए । यद्यपि दिनभर टीका लगाउन सकिने उनले बताए ।

बुधबार १९ घडी ९ पला अर्थात् २ बजेर ५ मिनेटसम्म द्वितीया तिथि रहेको पञ्चाङ्गले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!