हमास स्रोत भन्छ- ‘बन्धक, रेडक्रसलाई सुम्पियो’

SHARE:

गाजा २४ नोभेम्बर २०२३ । इजरायलमा गत अक्टोबर ७ को आक्रमणमा पक्राउ परेका केही बन्धकहरूलाई इजिप्ट हुँदै इजरायल फर्कनका लागि रेडक्रसलाई सुम्पिएको छ ।

“शुक्रबार साँझ केही बन्दीहरूलाई रेड क्रसलाई सुम्पिएको छ” स्रोतले उल्लेख गरेको छ । हमासको सैन्य शाखाको एक स्रोतले सो हस्तान्तरणको पुष्टि गर्‍दै भनेको छ- यो सम्झौता अन्तर्गत पहिलो समूह हो।”

गाजा पट्टीमा इजरायली र हमासबीचको युद्धविराम बिहानदेखि लागू भएपछि शुक्रबार १३ जना महिला र बालबालिका बन्धकहरूको पहिलो चरण इजरायल फर्किने अपेक्षा गरिएको थियो। इजरायलले इजरायली जेलबाट त्यसको तीन गुणा बढी प्यालेस्टिनी कैदीहरू – महिला र किशोर किशोरीहरूलाई रिहा गर्ने तयारी गरेको छ ।

हमासले गत अक्टोबर ७ मा इजरायलसँगको गाजाको सैन्य सीमाना तोडेको इजरायली अधिकारीहरूका अनुसार करिब १ हजार २०० व्यक्तिको हत्या गरी र करिब २ सय ४० इजरायली र विदेशी बन्धकहरूलाई कब्जामा लिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!