भारतमा चट्याङ लागेर १८ जनाको मृत्यु

SHARE:

एजेन्सी २७ नोभेम्बर २०२३ ।

भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन । भीषण वर्षाले धेरैलाई तर्साएको छ । भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् ।

भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा जनावर पनि मारिएका छन् ।

गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!