एजेन्सी २८ नोभेम्बर २०२३ ।

भारत उत्तराखण्ड राज्यको उत्तरकाशीमा सुरुङभित्र फसेका मजदुरको १७ दिनपछि उद्धार भएको छ ।
सुरुङमा फसेका ४१ मजदुरलाई एम्बुलेन्समा राखेर बाहिर निकालिएको बीबीसी हिन्दीले जनाएको छ । उनीहरुलाई स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पताल लगिएको छ । मजदुरको उद्धारका लागि अर्को सुरुङ खनिएको थियो ।
यो दुर्घटना १७ दिनअघि दीपावलीको दिन भएको थियो । त्यतिबेला मजदुर सुरुङमा काम गरिरहेका थिए । सुरुङभित्र पसेपछि मजदुरहरू ६० मिटर लामो भग्नावशेषको पर्खालमा फसेका थिए ।
त्यसपछि क्रमशः भग्नावशेष हटाउने काम सुरु भयो । यस प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिइएको थियो ।






