बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेको च्यारिटी डिनर नाईट सम्पन्न

SHARE:


लन्डन २९ नोभेम्बर २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी डिनर नाईट सफलतापूर्वक सम्पन्न भएको छ । गत शनिबार २५ नोभेम्बरका दिन बीसीसी यूकेको विभिन्न परियोजनाहरुको सहयोगार्थ अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय रस्मोर बरो काउन्सिलका काउन्सिलर मेयर एवं कार्यक्रमका प्रमुख अतिथि क्लाइभ ग्राटन, बीसीसी अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, लन्डन ब्रान्च अध्यक्ष गोपाल तामाङलगायत धर्मगुरुले संयुक्त रुपमा दीप प्रज्ज्वलनपश्चात् कार्यक्रम सुरु भएको थियो । सो अवसरमा बीसीसी यूकेको धर्मगुरु र आमाहरुले शुभमंगल पाठ गरेका थिए ।

कार्यक्रममा बीसीसी यूकेका असिस्टेन्ट प्रोजेक्ट कोर्डिनेटर बिष्णु तामाङले बीसीसी यूकेको विभिन्न परियोजनाहरुबारे प्रिजेन्टेशन दिएका थिए । त्यस्तै, भारतको मैंसुरबाट आएका खेन्पो दावा गुरुले दक्षिण भारतमा निर्माण हुन लागेको गोल्डेन बुद्ध प्रोजक्टबारे जानकारी दिएका थिए ।

बेलायतमा क्रियाशील विभिन्न नेपाली संघसंस्था, उद्यमी, व्यापारी, शुभचिन्तकलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्थानीय मेयर क्लाइभ ग्राटनले बीसीसी यूकेले गर्दै आएको विभिन्न धार्मिक एवं परोपकारी कार्यको प्रशंसा गरे ।

बेलायतका विभिन्न स्थानका नेपालीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूकेको विभिन्न भूमिकामा रहेर गुम्बालाई अतुलनीय सहयोग गर्दै आएका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रष्टी मेम्बर लेप्टन काजी शेर्पा, बोर्ड अफ ट्रष्टी मेम्बर मेजर खिम गौचन, बोर्ड अफ मेम्बर मेजर कुलबहादुर थापा, बोर्ड अफ मेम्बर डा. कपिल रिजाल, संस्थापक आमा प्रमुख एवं बोर्ड अफ ट्रष्टी मेम्बर ज्ञानुमाया गुरुङ, निवर्तमान अध्यक्ष एवं बोर्ड अफ ट्रष्टी मेम्बर धर्म तामाङलाई सम्मान गरिएको थियो ।

त्यस्तै, यस वर्ष बीसीसी यूकेको ट्रष्टी मेम्बर बनेका विभिन्न व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, बीसीसी यूकेको हरेक अभियानमा हातोमालो गर्दै आएका पूर्ण गुरुङ, कलम गुरुङ, कृष्ण गुरुङ, जंगबहादुर गुरुङ, राम (घ्युर्मि) गुरुङ, लालकुमारी गुरुङ, दुर्गा लक्ष्मी गुरुङ, नन्दु गुरुङ, कुशकुमारी गुरुङ, दिलु गुरुङ र टेकबहादुर गुरुङलाई भोलन्टरी अवार्डबाट सम्मान गरिएको थियो । सँगसँगै उक्त डिनर नाईटमा नृत्य तथा गीत प्रस्तुत् गर्ने कलाकारहरुलाई समेत खादासहित प्रमाणपत्र वितरण गरियो ।

विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा ब्रिषा गुरुङ, परिस्का गुरुङ, बिनु गुरुङ, हेलिसा गुरुङ, पर्विता तामाङले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, लामा दिपेन गुरुङ, गायक तिलक गुरुङ, गायिका बन्दना पाण्डेले विभिन्न गीत प्रस्तुत गरेका थिए भने बीसीसी यूकेकी सक्रिय सदस्य जयन्ती गुरुङले मेरो गुरु शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् ।

विभिन्न दाताहरुले स्पोन्सर गरेको महत्वपूर्ण सामग्रीहरुको अक्सनसमेत गराइएको कार्यक्रमलाई असिस्टेन्ट प्रोजेक्ट कोर्डिनेटर बिष्णु तामाङ र उपाध्यक्ष क्याप्टेन देब घलेले बढो रोचक ढंगले अक्सन गराउँदै तोकिएको समयभन्दा अगावै सामानहरु बिक्री गर्न सफल भएका थिए ।

त्यस्तै, विभिन्न व्यक्ति, उद्यमी तथा व्यापारीहरुले स्पोन्सर गरेको सामानहरु पुरस्कार राखिएको राफल चिठ्ठासमेत खेलाइएको थियो । सो राफल ड्रलाई प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ र उपाध्यक्ष क्याप्टेन देब घलेले संचालन गरेका थिए ।

उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा दक्षिण भारतमा निर्माण हुन लागेको ११३ फीट गोल्डन बुद्ध सालिक निर्माण सहयोगार्थ बीबीसी यूकेद्वारा १००० पाउन्ड सो सालिक निर्माणका लागि आर्थिक सहयोग संकलन गर्दै आएका खेन्पो दावा चोम्पललाई हस्तान्तरण गरेका थिए ।
बीसीसी यूकेका धर्मगुरु खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घलेलगायत लामा गुरुहरुको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले प्रमुख अतिथि स्थानीय मेयर, काउन्सिलर्स, धर्मगुरुहरु, विभिन्न संघसंस्थाबाट आएका अध्यक्ष तथा प्रतिनिधिहरु, भक्तजनहरु, स्पोन्सरहरुलगायत उपस्थित महानुभावहरुलाई स्वागत गरे । साथै, उनले च्यारिटी डिनर नाईट कार्यक्रमको आयोजना गर्नुको उद्देश्यबारे बताउँदै बीसीसी यूकेको विभिन्न परियोजनाहरुबारे छोटो जानकारी गराए । साथै, उनले उक्त परियोजनाहरुमा सहयोग गर्न हार्दिक अनुरोध गरे ।

बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रोबिन गुरुङले स्वागत मन्तब्य दिएका थिए । उपाध्यक्ष क्याप्टेन देब घलेले धन्यवाद ज्ञापन, महासचिव मेजर हितमान गुरुङ, आमा सचिव शारदा गुरुङ, कल्चरल सेक्रेटरी पञ्च तामाङले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!