संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का राजदूतहरू गाजा सीमाको भ्रमणमा

SHARE:

एजेन्सी ११ डिसेम्बर २०२३ ।

अमेरिकाले युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो लगाएको केही दिनपछि परिषद्का राजदूतहरू गाजापट्टीसँग जोडिएको राफा सीमाको भ्रमण गर्नका लागि सोमबार इजिप्ट पुगेका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले आयोजना गरेको अनौपचारिक एक दिने भ्रमण घेरामा परेको गाजापट्टीमा बढ्दो मानवीय सङ्कटका बीच भइरहेको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीलाई ‘कब्रिस्तान’ भनेर वर्णन गरेका छन् । उक्त भ्रमणमा रुस, बेलायतलगायतका मुलुकहरूबाट करिब एक दर्जन राजदूत सहभागी छन् ।

यद्यपि शुक्रबार परिषद्को प्रस्तावमाथि भिटो लगाएको अमेरिकाले फ्रान्सले जस्तै आफ्नो कुनै प्रतिनिधि पठाएको छैन । इजिप्टको विदेश मन्त्रालयका एक अधिकारीले राजदूतहरूको आगमनपछि एक ब्रिफिङमा भने “गाजामा प्यालेस्टिनी जनतामा परेको पीडाबाट आँखा चिम्लिनुको कुनै औचित्य छैन ।”

सुरक्षा परिषद्मा युएईका राजदूत लाना नुसेबिहले सदस्य मुलुकहरूले आफ्नो ‘राष्ट्रिय र व्यक्तिगत क्षमता’ मा भ्रमणमा सहभागी भएको बताए । उनका अनुसार भ्रमणको उद्देश्य केवल गाजाका जनताले अनुभव गरेको पीडा र विनाशलाई बुझ्न मात्र नभएर उनीहरूको आशा र शक्तिलाई बुझ्न मद्दत गर्नु पनि हो ।

राजदूतहरूले राफा सीमापारको भ्रमण गर्नुअघि राष्ट्रसङ्घीय एजेन्सीहरू, इजिप्टका अधिकारी र स्वास्थ्य अधिकारीहरूबाट गाजा सङ्कटका बारेमा ब्रिफिङ लिनेछन् । राफा सीमा गाजाबाट इजिप्टबीचको एउटा मात्र साँघुरो प्रवेशद्वार हो । उनिहरु गाजा सीमा नजिकैको इजिप्टको सहर एअल–अरिसमा प्यालेस्टिनी बिरामीहरूको उपचार गरिहेको एउटा अस्पतालमा पनि रोकिनेछन् ।

हमासका लडाकूहरूले गाजाको सैन्यीकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको इजराइली अधिकारीहरूले बताएका छन् । इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १७ हजार नौ सय ९७ मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घले गाजामा २४ लाख मानिसमध्ये १९ लाख युद्ध र इजराइलको व्यापक बमबारी कारबाहीबाट विस्थापित भएको अनुमान गरेको छ । तीमध्ये आधा बालबालिका रहेका छन् । बमबारीले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ । राष्ट्रसङ्घीय एजेन्सी ओसीएचएका अनुसार युद्ध र घेराबन्दीले आधारभूत सेवाहरू विशेषरूपमा स्वास्थ्य सेवामा ठूलो क्षति पुर्याएको छ ।

गाजाका ३६ अस्पतालमा १४ ले मात्र कुनै पनि क्षमताका साथ काम गरिरहेका छन् । साथै पर्याप्त भोजन, इन्धन, पानी र औषधिको चरम अभाव छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!