–
मिलन तमु
अल्डरसट । बेलायतमा बसोबास गर्ने ल्हेंगें तमुहरु संगठित रहेको ल्हेगें परिवार युकेको कार्यसमितिको बैठक सम्पन्न भएको छ । गत आइतबार ८ अप्रिल २०१८ का दिन ल्हेगें परिवारका अग्रज मेजर खुशीमान गुरुङ एमभिओको निवास वेल्समा सो बैठक बसेको हो ।
बैठकले आगामी समरमा फार्नबोरोमा २६ मे २०१८ शनिबारका दिन सम्पन्न हुन लागेको समर भेटघाट कार्यक्रमको तयारीको बारेमा व्यापक छलफल गरेको थियो । सो भेटघाटमा बिशेष गरी ल्हेंगे चेलीबेटीहरुलाई निमन्त्रणा गर्ने, ताप्लेजुङ्गबाट पह्च्यु अध्ययनका लागि पोखरा आएका ४ जना ल्हेगें दाजुभाइहरुलाई आर्थिक सहयोग गर्ने र ल्हेगें भाइखलकका सदस्य एवं वरिष्ठ फोटो पत्रकार मिलन तमुको आगामी बैषाख ११ गते घाचोक, कास्कीमा हुन लागेको ‘कौडा’ गीतको छायांकनमा आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
परिवारका कार्यसमितिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको सो बैठकले समर भेटघाटलाई भव्य र सभ्य बनाउनका लागि विभिन्न कामको बाँडफाँड समेत गरेको छ ।
ल्हेगें परिवार युकेका अध्यक्ष टंकु ल्हेगेको अध्यक्षतामा सम्पन्न सो बैठकमा कोषाध्यक्ष उपेन्द्र ल्हेगेंले परिवारको आयव्यय प्रस्तुत् गरेका थिए ।






