– एटा सम्वाददाता
फार्नबोरो । तमुधिं युके र रोटरी इन्टरनेश्नल क्लब युकेबीच बैठक सम्पन्न भएको छ । गत शनिबार ७ अप्रिल २०१८ का दिन फार्नबोरोस्थित गोरखा प्यालेस रेस्टुरेष्टमा सम्पन्न सो बैठकमा तमुधिं युके अध्यक्ष ज्ञाम गुरुङ लगायत पदाधिकारीहरु र रोटरी क्लब युकेका डेरिक स्मिथबीच परोपकारी कार्यहरुका बारेमा कुराकानी भएको थियो । तमुधिं युकेले हालै निर्माण गर्न लागेको धादिङ्ग जिल्लाको खादिङ्गमा अवस्थित श्री हिमालय सरस्वती प्राविको सहयोगका बारेमा बिशेष छलफल भएको थियो ।

नेपालको खानेपानी, शिक्षा, स्वास्थ्य र भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्दै आएका रोटरी क्लबका अध्यक्ष डेरिक स्मिथले विकट गाउँमा अवस्थित विद्यालयको पुर्ननिर्माणमा सक्दो सहयोग गर्ने बैठकमा वचन दिएको तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताए । तमुधिं युकेले हालसम्म गर्दै आएको परोपकारी कार्य र हालै निर्माण गर्न लागिएको सो खादिङ्गको विद्यालय परियोजना बारेमा पावर पोइन्टमार्फत जानकारी दिएका दिए । ३ पटक नेपाल पुगिसकेका अध्यक्ष स्मिथले सहारा क्लव, फिस्टेल क्लब लगायत नेपालका स्थानीय रोटरी क्लबहरुसंग मिलेर थुप्रै परोपकारी काम गरिसकेका छन् ।
तमुधि युकेका सल्लाहकार नवीन तमुको पहलमा सम्पन्न सो बैठक सकारात्मक, परिणाममुखी र उपलब्धीमूलक भएको तमुधिं युकेका अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे ।
सो बैठकमा तमुधिं युकेका उपाध्यक्ष हितकाजी तमु, निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) तमु, कोषाध्यक्ष दिपक तमु, ट्रष्टिजहरू सूर्य तमु, एकेन्द्र तमु, सल्लाहकार जुमकाजी गुरुङ लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा अध्यक्ष स्मिथलाई तमुधिं युकेको मुखपत्र फ्रेंसी र मायाको चिनो प्रदान गरिएको थियो ।






