काठमाडौं २६ डिसेम्बर २०२३ ।

मङ्गलवार आफू नेतृत्वको सरकार एक वर्ष पुगेको अवसर पारी देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय परिचयपत्र तथा राहदानी प्राप्त गर्ने समयावधि छोट्याउने र राहदानी अनलाइनबाटै नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए ।
स्थानीय तहसमेतको सहयोगमा माघ मसान्तभित्र जनघनत्वका आधारमा जिल्ला प्रशासन कार्यालयहरूमा थप जनशक्तिको व्यवस्था गरी राष्ट्रिय परिचयपत्र र राहदानी प्राप्त गर्ने समयावधि छोट्याइनेछ, उनले भने, राहदानी छपाई कार्यलाई प्रतिस्पर्धाका आधारमा अघि बढाइनेछ ।
यसैगरी अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।






