किरात राई यायोक्खा बेलायतले मनायो उधौली

SHARE:

लण्डन २८ डिसेम्बर २०२३ ।

किरात राई यायोक्खा बेलायतले उधौली-२०२३ लाई महान चाडको रुपमा मनाएको छ ।

किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा, हिंजो २६ डिसेम्बर २०२३ को दिन आयोजना गरिएको उधौली उत्सवमा प्रकृति पूजक किरात राईहरुले किरात राई परम्पराअनुसार भूमिको पूजा गर्दै सिली सहित उत्सव मनाएका थिए ।

किरात राई जातिले यो चाडलाई पृथ्वीमा कृषि युगको शुरुवात भएदेखि नै मान्दै आएको विश्वास गरिन्छ । किरात राई जातिले यो चाडलाई ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धुमधामका साथ मनाउदै आएको पाईन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात वसन्त ऋतुमा उभौली र मंसिर शुक्ल पूर्णिमा अर्थात शरद ऋतुमा उधौली उत्सवको रुपमा मनाउने चलन रहेको उधौली(२०२३ को सम्योजक तथा किराया बेलायतको उपाध्यक्ष मे रि दिलकुमार राईले बताए ।

सरल अर्थमा, किरात राईहरुले हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेलामा खुशियाली मनाउँदै उधौली उत्सव मनाएको पाईन्छ । बहुभाषिक बहुथरी किरात राई जातिले उभौली र उधौलीलाई आआफ्नो भाषा अर्थात थरी अनुसार, वाम्बुले भाषिकले खाउमो, कुलुङ भाषिकले तोस, थुलुङ भाषिकले तोसी, दुमी भाषिकले तोसु, खालिङ भाषिकले वास, चाम्लिङ भाषिकले साकेला, बान्तवा भाषिकले साकेवारसाकेन्वा, पुमा भाषिकले साकेन्वा, साम्पाङ भाषिकले साकेवा, बाहिङरबायुङ भाषिकले हङरसेग्रो, मेवाहाङ भाषिकले हाङ आदि फरक फरक नामले पुकारेको पाईन्छ ।

किरात राई यायोक्खा बेलायतले, बेलायतको प्रतिकूल मौसमको कारण, प्रत्येक साल उभौली उत्सव मात्र ब्यापक तामझाम र भब्यताका साथ मनाउदै आएकोमा, हिंजो मनाईको उभौली(२०२३ नै ऐतिहासिक रूपले सबै विधी पुर्याउदै सिली सहित बेलायतमा मनाईको पहिलो उधौली उत्सव रहेको र आउने सालहरुमा यसलाई ब्यापकता सहित निरन्तरता दिदै लगिने किरात राई यायोक्खा बेलायतको संस्थापक तथा वर्तमान अध्यक्ष चन्द्र बहादुर राईले बताए ।

किराया बेलायतको अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा उधौली-२०२३ उत्सव समारोह सम्पन्न भएको थियो । समरोहको प्रमुख अतिथिमा पूर्खा तथा किरात राई चाम्लिङ खाम्बातिम नेपालको संस्थापक अध्यक्ष जगत राई रहेका थिए । विशेष अतिथिहरुमा मंगोल नेस्नल अर्गनाइजेसन क्रान्तिकारीको अध्यक्ष शक्ति चाम्लिङ राई र गैरआवासीय नेपाली संघ युकेको महासचिव प्रमिला लाबुङ राई रहेका थिए ।

यसैगरी अतिथिहरुमा, किराया बेलायत स्थानिय समन्वय परिषद अर्थात प्रा का स ग्रेटर रस्मोर को अध्यक्ष ध्रुबसरी राई, किराया बेलायतको नाक्छुङ किताबसेर राई आदि रहेका थिए । समारोह अबधिभरको लागि जन(स्वास्थ्य र सुरक्षा सम्बन्धि सचेतना ब्रीफिङ उपाध्यक्ष क्या रि सुमनचन्द्र राईले दिएका थिए ।

उधौली उत्सव समारोह कार्यक्रमको संचालन संस्थाका महासचिव चन्द्रवती राईले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!