प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती गर्ने नेपाल सरकारको निर्णय

SHARE:

काठमाडौं २८ डिसेम्बर २०२३ ।

सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने भएको छ ।

बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री कार्यालयमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन् ।

मन्त्री शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनः संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत गर्ने र त्यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी घट्ने जानकारी दिइन् ।

यसैगरी बैठकले आव ०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ । बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६५० रुपैयाँ १४ पैसा निर्धारण गर्ने निर्णय गरेको हो ।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!