मृतक सुरेश मगर (रघु) को आफन्त सम्पर्कमा

SHARE:

२८ डिसेम्बर २०२४, लण्डन । बेलायतमा आत्महत्या गरेको आशंका गरिएका ४६ वर्षीय सुरेश (रघु) मगरको आफन्त सम्पर्कमा आएका छन् ।

मृतक सुरेश (रघु) मगर म्याग्दी जिल्ला, मालिका गाउँपालिका ७ रुन्मा गाउँ भएको र उनको वास्तविक नाम रघु गुरुङ भएको देबिस्थान समाज युकेका निबर्तमान अध्यक्ष दुर्गा पुर्जाले जानकारी दिएका छन। उनले बिस्थान समाज युकेका बार्षिक भेटघाट कार्यक्रमहरुमा गीत गायर मनोरंजन दिन्थे भनेर पुर्जाले बताएका छन।

यसअघि लण्डनको क्याम्डेन प्रहरीले उनको शव व्यवस्थापन गर्न नजिकका आफन्तसित सम्पर्क हुन नसकेको भन्दै नेपाली दुताबास लण्डनमा पत्राचार गरेको थियो । दुताबासले मगर संघ युकेलाई सहयोगका लागि अपील गरेको थियो भने संघले सामाजिक र सांगठानिक सन्जालमार्फत आफन्तलाई सम्पर्कमा आउन अनुरोध गरेको थियो ।

मगर संघको अध्यक्ष सीता पुनले सुरेश मगरको आफन्त पत्ता लागेको जानकारी दिएका छन । सुरेश मगर म्याग्दी देविस्थानको भएको र गाउँमा उनलाई रघु भनेर चिनिने उनले बताएका छन ।

संघका महासचिव गुमानसिंह थापाका अनुसार सुरेश मगर संघकी अध्यक्ष सीता पुनको समेत चिनजानको र आफन्त समेत पर्ने पत्ता लागेपछि अध्यक्ष पुनले नै उनको शव पहिचानको नेतृत्व गरिरहेको जानकारी दिए ।

सुरेश मगरले म्याग्दीमा शिक्षकका रूपमा समेत केही समय काम गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।

उनी पेन्सनर काका काकीसित लण्डनमा बस्दै आएको र वयोवृद्ध अवस्थाका काका काकी अहिले नेपाली बिदामा गएको बताइएको छ ।

पोर्चुगलका राहदानीबाहक मगर कहिलेदेखि बेलायतमा थिए र उनको निधन कसरी हुन पुग्यो भन्ने बारेमा हालसम्म कुनै जानकारी प्राप्त नभएको बताएका छन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!