पहिलो सौर्य ऊर्जा उत्पादक कम्पनीको नेपालस्थित प्राधिकरणसँग सम्झौता

SHARE:

एटा संवाददाता
अल्डरसट । बेलायतवासी नेपालीहरुको सक्रियतामा नेपालमा पहिलो सोलार फर्म संचालनमा ल्याएको छ । हालै सो फर्मले नेपाल विद्युत प्राधिकरणसँग पावर पर्चेच एग्रीमेन्ट (पिपिए) अर्थात् सम्झौता गरेको छ । सो सम्झौताबारे गत आइतबार अल्डरसटस्थित दि लन्जमा एनसीआई ग्रुपका अध्यक्ष समेत रहेका सो फर्मका अध्यक्ष मोहन गुरुङले जानकारी गराएका हुन् ।

दुई बर्ष अघि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई आप्mनो काम शुरु गरेको फर्म नेपालको पहिलो सौर्य उर्जाबाट विद्युत उत्पादन गर्ने कम्पनी बन्न सफल भएको छ । फर्मले तनहुँको खैरनीटारस्थित भानुभक्त बहुमुखी क्याम्पसको १०० रोपनी जग्गा भाडामा लिएको छ । कार्यक्रममा फर्मको डाइरेक्टर एलएन पाण्डेले पृथ्वी राजमार्गबाट एकदमै नजिक रहेको जग्गामा निर्माण हुन लागेको सोलार फर्मबाट ५ मेघावाट विद्युत उत्पादन हुने जानकारी दिए । जसलाई ३३ केभी ग्रीडमा जडान गरिने छ । युरोपियन प्रविधिमा निर्माण गर्न लागिएको सो फर्मको पूँजी ५० करोड रुपैया रहेको छ । २२ हजार सोलार प्यानलहरु जडान गरिने फर्मबाट उत्पादन भएको विद्युत प्रतियुनिट ७ रुपैयाँ ३० पैसाको दरले प्राधिकरणले खरीद गर्ने सम्झौता भएको हो । लगानी गरेवापत प्रत्येक बर्ष १२.९ प्रतिशत लाभांश लिन सकिने पाण्डेले जनाए ।

डाईरेक्टर पाण्डेले फर्मको बारेमा पावर पोइन्टबाट विस्तृत जानकारी दिँदै फर्ममा लगानी गर्न इच्छुकहरुले कम्तिमा ५००० अमेरिकी डलर लगानी गर्न सकिने बताए । उनले नेपाल र नेपालभन्दा बाहिरबाट पनि लगानी गर्न सकिने बताउँदै इच्छुकहरुले आपूmहरुलाई सम्पर्क गर्न अनुरोध गरे ।

कार्यक्रममा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, सहारा युकेका अध्यक्ष मिन गुरुङ, पत्रकार वाचस्पति रेग्मी र गणेश गुरुङलगायत समाजसेवी, उद्यमी तथा व्यापारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!