जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत जाने

SHARE:

काठमाडौं ३० डिसेम्बर २०२३ ।

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत, पाटन जाने भएका छन् ।

अदालतको निर्णयबाट असन्तुष्ट भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत जाने उनका एक वकिलले बताए । लामिछाने जिल्ला अदालत काठमाडौंबाट शुक्रवार मात्रै जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका थिए ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले जबरजस्ती करणीको मुद्दामा किशोरी साबालिग रहे पनि लामिछाने दोषी रहेको ठहर गरेको थियो । जसअनुसार लामिछानेलाई ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय र जरिवाना हुनेछ । यसको टुंगो भने पुस २५ गते लाग्नेछ ।

कानूनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । उच्चले फैसला नसुनाएसम्म उनले जेल बस्नुपर्ने छैन । लामिछानेविरुद्ध गत वर्षको भदौमा एक किशोरीले बलात्कार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!