एजेन्सी २ जनवरी २०२४ ।

मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्पमा परी ४८ जनाको मृत्यु भएको छ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको बताइएको छ। क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् । सोमबार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोतो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमबारदेखि जापानमा कम्तिमा १५५ पटक भूकम्प गएको छ ।






