एजेन्सी ४ जनवरी २०२४ ।

इरानमा बुधबार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन् ।
हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो । सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
पहिलो विस्फोट सुलेमानीको चिहानबाट ७०० मिटर पर भएको थियो । दोस्रो विस्फोट १ किलोमिटर टाढा भएको थियोआक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।
चार वर्षअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अमेरिकी हवाइ आक्रमणमा सुलेमानी मारिएका थिए ।






