बङ्गलादेशको शरणार्थी शिविरमा आगलागी, झन्डै आठ सय घर जलेर नष्ट

SHARE:

एजेन्सी ७ जनवरी २०२४ ।

बङ्गलादेशमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा झन्डै आठ सय वटा घर जलेर नष्ट भएका छन् ।

म्यानमारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थी बस्दै आएको शिविरमा आज आइतवार बिहान भएको आगलागीमा झन्डै आठ सय वटा घर जलेका शरणार्थी आयुक्त मिजानुर रहमानलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

घर जलेर नष्ट भएपछि बङ्गलादेशमा रहेका झन्डै चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन् । बङ्गलादेशमा झन्डै १० लाख रोहिङ्ग्या बसोबास गर्छन् । ती धेरै सन् २०१७ मा म्यानमारमा मुस्लिम बहुल अल्पसङ्ख्यकहरूमाथि सेनाले गरेको कारबाहीबाट भागेका थिए ।

यसअघि सन् २०२३ को मार्चमा बङ्गलादेशको कुटुपालोङ शिविरमा आगलागी हुँदा दुई हजार वटाभन्दा बढी टहरा जलेर नष्ट भएका थिए । दुई वर्षअघि त्यही शिविरमा भएको आगलागीमा परि १५ जना रोहिङ्ग्याको ज्यान गएको थियो भने ५० हजार शरणार्थी घरबारविहीन भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!