लण्डन ७ जनवरी २०२४ ।

सोपाल समाज युकेले ल्होसार/ल्होछार कार्यक्रम भव्यरुपमा मनाएको छ ।
६ जनवरीमा लन्डन ग्रिन फोर्ड टाउन हलमा समाजले पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
सोपाल समाज युकेका अग्रज कुलप्रसाद गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तमु समाज युकेका अध्यक्ष हरि गुरुङ, सहायक रथि ब्रिगेडियर जनरल लोकबहादुर गोदार लगायत अतिथिको उपस्थिति थियो ।
सो अवसरमा कलाकार ममता गुरुङ तथा सरुन गुरुङ लगायतले बेजोड प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुतिमा सहभागीहरुले नाचगान गरी रमाइलो गरेका थिए ।






